मधेशी मोर्चासँगको तालमेल प्रयास असफल भएपछि बाम गठबन्धनले भन्यो,- एक सिटका लागि संविधान संशोधन र राज्य पुनर्संरचनाको बाचा गरिदैन
काठमाण्डौ, ९ माघ । राष्ट्रिय सभा निर्वाचनमा वामगठबन्धनसंग सहकार्य गर्न चासो देखाएको मधेसवादी दलसंग तालमेल प्रयास असफल भएको छ । तालमेल गर्ने विषयमा मंगलवार नै दुई पक्षका नेताहरु विच दुई चरणमा वार्ता भएको थियो । तर सहमति जुट्न नसकेको एमाले नेताहरुले वताएका छन् । मधेसवादी दलहरुले राज्य पुनर्संरचनाको मुद्या उठाए पछि वार्ता प्रयास असफल भएको हो ।
वामगठबन्धनका तर्फवाट एमाले, माओवादी तथा मधेसी गठबन्धनका तर्फवाट राजपा नेपाल र संघीय समाजवादी फोरम विच वार्ता भएको थियो । राष्ट्रियसभा निर्वाचनमा तालमेल सफल भए आगामी सरकारमा पनि सहकार्य हुने योजना अनुसार गरिएको प्रयास असफल भएपछि सरकारमा सहभागी हुने नहुने विषय पनि अन्यौलमा परेका छ ।
प्रदेश २ बाट चयन हुने राष्ट्रियसभाका ८ सिटमा तालमेल गर्न दुबै गठनबन्धन सकारात्मक थिए । मधेसी दलले ६ सिट मागेको थियो भने वाम गठबन्धनले ५ सिट लिन प्रस्ताव गरेको थियो । तर, मधेसी दलहरुले राज्य पुनर्संरचनाको मुद्दालाई सर्त बनाएपछि वाम गठबन्धनले तालेमल चाहेन ।
तर, मधेसी दलहरुले राज्य पुनर्संरचना आयोग गठन गरेर सीमांकन हेरफेर गर्नु पर्ने माग अघि सारेका छन् । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि भोली उम्मेदवारी दर्ताको समय तोकिएको छ । मधेसी गठबन्धनले वामगठबन्धनसंग मात्र होइन कांग्रेस संग पनि सहमति प्रयास गरेको थियो । तर कांग्रेससंगको तालमेलको प्रयास पनि सफल हुन सकेन ।
तर, दुवैतिर सहमति हुन सकेको छैन । यदि नयाँ सहमति नहुने हो भने प्रदेश २ का ८ मध्ये ४ सिट मधेसी गठबन्धन, २र२ सिट कांग्रेस र वाम गठबन्धनले जित्नेछन् । यदि मधेसी र वाम गठबन्धन मिल्ने हो भने ८ सिट मा कांग्रेस शून्य हुन्छ तर, कांग्रेस र मधेसी मिल्दा पनि वामले भने ३ सिट सुरक्षित गर्नसक्छ ।


