यीनै हुन् गाउँपालिकाको ११ लाख बोकेर भारत भ्रमणमा निस्किएका जनप्रतिनिधिहरू

जुम्ला, १० माघ । संघीयता अवलोकन तथा अध्ययन गर्नका लागि गुठिचौर गाउँपालिकाको २७ सदस्यीय जम्बो टोली भारत भ्रमणमा निस्किएकाे छ ।

सरकारी पैसाको दुरुपयोग गर्दै तत्कालिन आवश्यकता विपरित गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीको नेतृत्वमा सरकारी कर्मचारीसहितको जनप्रतिनिधिको जम्बो टोली भारत भ्रमणमा निस्किएको हो ।

गाउँपालिकाको साढे ११ लाख रुपैयाँ लिएर जम्बो टोली संघीयता अवलोकन तथा अध्ययन गर्न भारतको सिक्किम र दार्जिलिङ्ग हिँडेको हो । भ्रमणका लागि नेपालको लुम्बिनी, इलाम, काठमाडौँ हुँदै भारतको सिक्किम र दार्जिलिङसम्मको यात्रा रहेको गाँउपालिका स्रोतले बताएको छ ।

सरकारी कर्मचारीसहित जनप्रतिनिधिको जम्बो टोली १० दिने भ्रमणमा हिँडेपछि गाँउपालिकाको दैनिक महत्वपूर्ण सेवा प्रवाहको कार्य रोकिएको स्थानीयले बताए । १० दिने संघीयता अवलोकन अध्ययन भ्रमण कार्ययोजना गाउँ कार्यपालिकाबाट पास भएको भ्रमण टोलीका सदस्य तथा ४ नं. वडाध्यक्ष जंगप्रसाद जैशीले बताए । भ्रमण टोली सिक्किम र दार्जिलिङमा मात्र करीब एकहप्ता घुम्ने छ ।

गाउँपालिकाको सबै विकासे काम ठप्प पार्दै जम्बो टोली भ्रमणमा जानु उपयुक्त नभएको भन्दै स्थानीयले आलोचना गरेका छन् ।

आफ्नो गाउँठाउँको आधारभुत विकासका लागि जम्बो टोलीको भ्रमण आवश्यक नरहेकाले भ्रमणले गाउँपालिकाको विकासे रकम दुरुपयोग भएको स्थानीय रामप्रसाद पाण्डेले बताए । संघीयता भ्रमण अध्ययनका नाममा गाउँपलिकाका जिम्मेवार पदमा रहेका सबै प्रमुखहरू स्थानीय तहको रकम लिएर घुम्न गएका हुन् ।

यता, भ्रमण टोलीका नेतृत्वकर्ता तथा गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले सिक्कीम र दार्जिलिङको विकास निर्माणका कार्यहरु हेरेर त्यहाँ भएका राम्रो कामलाई आफ्नो क्षेत्रको विकासमा कार्यान्वयन गर्ने तर्क गरे । भ्रमण टोलीमा अध्यक्ष भण्डारी, उपाअध्यक्ष जानदेवि ऐडी, कार्यकारी प्रमुख केशवराज शर्मा, गाँउपालिकाका ५ वटा वडाका वडाध्यक्ष, वडा सचिव र प्रत्येक वडाबाट २ जना निर्वाचित वडासदस्यलगायतको टोली रहेको छ । यसैबिच केहीदिन अघि मात्र कनकासुन्दरी गाँउपालिकाको जम्बो टोली पनि ८ लाख रकम खर्च गर्दै भारत भ्रमण गरेर फर्किएको छ । नयाँ पत्रिका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।