धनकुटाको आठपहरीया बस्तीमा खानेपानी

धनकुटा खबर । पानीका मुहान सुक्दै गएपनि परम्परा अनुसार आफ्नो थाकथलो छोडर जान नमिल्ने भएकाले हाल धनकुटामा मात्र पाईने आठपहरीया बस्तीहरुमा पानीको अभाव रहेको छ ।

तर अब नगरपालिका क्षेत्रमा मात्र बसोबास भएका अल्पसंख्यक आठपहरिया बस्तीमा अब स्वच्छ खानेपानी पुग्ने भएको छ ।

खानेपानीको चरम अभाव झेलिरहेका धनकुटा नगरपालिकाको आठ नम्वर वडाका आठसय घरधुरीमा स्वच्छ खानेपानी पु¥याउन पुर्बाधार निर्माणको काम सुरु भएको हो ।

दुई करोड ६८ लाख ५२ हजार रुपैयाँको लागतमा खानेपानी गुणस्तर सुधार आयोजनाको काम अघि बढेको हो ।

प्रति सेकेण्ड तीन लिटर पानी सुद्धिकरण क्षमताको रफिङ फिल्टर तथा पानी वितरण ट्याङकि निर्माण भैरहेको छ ।

आगामि एक बर्ष भीत्र निर्माण सम्पन्न गरि घरघरमा पानी वितरण गर्ने लक्ष्य राखिएको खानेपानी उपभोक्ता समिति धनकुटाका अध्यक्ष दोर्ण गुरागाईंले जानकारी दिनुभयो ।

निर्माणाधिन यस आयोजनाबाट सान्ताङ्ग, टेकुनाला, टोड्के, पिग्मेरि र पर्यटकिय स्थल चुलीवन क्षेत्रका बासिन्दा लाभान्मित हुनेछन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।