को हुन ‘कुसुम’ जो बामगठबन्धका तर्फबाट प्रदेश नम्वर १ को समानुपातिक सांसद बनिन ?

धनकुटा खबर । बिद्यार्थी जीवन देखिनै बामपन्थि राजनितिमा आस्था राख्दै खेलकुद प्रति चाख राख्ने कुसुम छोटो समयमा नै बिभिन्न क्षेत्रको संघर्ष पछि बामगठबन्धका तर्फबाट प्रदेश नम्वर १ को समानुपातिक सांसद बनेकीछन ।

बिद्यार्थी जीवनदेखि नै अखिल नेपाल स्वतन्त्र युनियनमा रहेर काम गर्दै आएकी सांसद कुसुम श्रेष्ठ (जुलि) सानै देखि क्रान्तिकारी भएर राजनिति गरेको दाबि गर्छिन । सत्तामा कम मानिसहरु पुग्छन् समाजसेवा र राजनिति सगँसगै लिएर सफल हुने ब्यात्तित्वमा पर्छिन कुसुम ।

स्बर्गीय पिता बुद्धि बहादुर श्रेष्ठ र आमा मथुरा श्रेष्ठका कोखबाट कान्छी छोरीका रुपमा झापा जिल्लामा जन्मनु भएकी कुसुम २०५५ सालमा धनकुटाका नयन श्रेष्ठसंग बैबाहिक जीवनमा बाँधिनपुगेकी सामाजिक ब्याक्तित्व र राजनितिक कर्मीको कार्यथलोको रुपमा धनकुटामा आईपुगेर बिभिन्न संघ संस्थाहरुमा सफलतापुर्बक संघर्षपुर्ण तरिकाले नेतृत्वदायी भुमिका निर्बाह गर्ने क्रममा नेकपा माओबादि निकट नगर कमिटि, वडा सचिब, जिल्ला कमिटि हुदै जनबर्गीय समिति तर्फ अखिल नेपाल खेलकुद महासंघको सदस्य, साथै खेलकुदको एक नम्वर प्रदेशको ईन्चार्जमा रहदै हाल केन्द्रिय उपाध्यक्षका साथै राष्ट्रिय खेलकुद परिषदको बोर्ड सदस्यमा रही ४ बर्षको कार्यकाल बिताई सकेकी कुसुम माओबादि केन्द्रका तर्फबाट १ नम्वर प्रदेशसभा समानुपातिक सांसद पदमा पर्न सफल भएकी हुन ।

२०५१-५२ सालमा झापा पाँचगाछिको त्रिभुवन माबिबाट प्रबेशिका परीक्षा उर्तिण गरेकी कुसुम २०५२-५३ मा त्रिभुवन बिश्वबिद्यालय अन्र्तगत धनकुटा बहुमुखि क्याम्पस धनकुटाबाट प्रबिणता प्रमाणपत्र तह अध्ययान गरि २०५८-५९ मा भाषा माबि कागतेमा पल्स टु कमर्स जोईन गरी आफ्नो पढाईलाई निरन्तरता दिदै बिद्यार्थी जीवनबाटै सामाजिक कामका साथै राजनितिमा प्रबेश गरको बताउछिन ।

मानिसका राजनीतिलाई हेर्ने दृष्टि फरक फरक हुन्छन्, समाज र देशको सेवा गर्ने मुल आधार भनेको राजनिति हो । संघर्षमा नीति, रणनीति तथा संघर्षका नियम बुझेर अगाडि नबढ्ने कयौ ब्यक्तिहरु जहाँको त्यहि हुन्छन् । सर्घषलाई फरक अनुभुति गर्नेहरुले राजनीतिलाई त्यागको रुपमा लिने गरेका छन् ।

धनकुटाका समाजिक संघसंस्थामा रहेर २०५६ सालदेखि निरन्तर कार्यरत कुसुम आफ्नो समाजिक संघ संस्थामा र राजनितिक क्षेत्रको अनुभव र भोगाईलाई आगामि दिनमा धनकुटाको जनताको सेवा र बिकासकालागि समर्पित रहने बताएकीछन ।

“डेमोक्रेसि ईलेक्सन एलाएन्स नेपाल” मा सम्बद्ध रहेर प्रशिक्षकको रुपमा प्रशिक्षणको माध्यमबाट चेतना जगाउन समाजिक अभियानमा लागेकी कुसुम अहिले सांसद बनेर नितिनिमार्ण तहमा पुग्न सफल भएकी छन । सांसद कुसुम धनकुटालाई राजधानी बनाउनकालागि प्रदेश सभाका सदस्यहरुसंग कुटनितिक पहल गर्ने बताउछिन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।