मुख्यमन्त्रीको कार्यालय र मन्त्रालयमा सचिव तोकिए, को कहाँ ?

थप कर्मचारी खटाउने तयारी

काठमाडौं, १३ माघ । सरकारले शुक्रबार थप एक सय ७७ कर्मचारी प्रदेशमा खटाएको छ । सामान्य प्रशासन मन्त्रालयले शुक्रबार १४ सहसचिव, २१ उपसचिव, ४२ अधिकृत र सय सुब्बा-खरदार तहका कर्मचारीलाई प्रदेशको काममा खटाएको हो ।

यसअघि मन्त्रालयले प्रदेश प्रमुखको कार्यालय सञ्चालनका लागि सहसचिवदेखि कम्प्युटर अधिकृतसम्मका ९७ कर्मचारीलाई खटाएको थियो ।

प्रदेश संरचना सञ्चालनका लागि कम्तीमा पाँच हजार कर्मचारी पठाउनुपर्ने सरकारको आन्तरिक तयारी छ । अहिलेसम्म दुई चरणमा दुई सय ७४ कर्मचारी प्रदेश कार्यालयमा पुगेका छन् ।

दोस्रो चरणमा सातवटै मुख्यमन्त्रीको कार्यालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका लागि सहसचिवदेखि सुब्बा-खरदारसम्मका कर्मचारी पठाएको हो ।

त्यस्तै, संसद् सचिवालयले प्रदेश सभा सञ्चालनका लागि हरेक प्रदेशमा सहसचिव, उपसचिव, अधिकृतसहित चारजनाका दरले २८ जना कर्मचारी खटाइसकेको छ । उनीहरू सबै प्रशासन समूहतर्फका हुन् ।

मन्त्रालयले चाँडै प्राविधिक, राजस्व, कानुन समूहका कर्मचारी पठाउने तयारी भइरहेको जनाएको छ । सरकारले सातवटै प्रदेशका प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बाँकी ६ मन्त्रालय र प्रदेशसभाका लागि तत्काल ७० सहसचिव खटाउनुपर्नेछ । संघीय निजामतीका सहसचिवले प्रदेश मन्त्रालयको सचिव भएर काम गर्नुपर्नेछ ।

प्रदेशमा कर्मचारी खटाउने मापदण्ड

-लामो समयदेखि रोजाइको कार्यालयमा बसेका
-भर्खरै बढुवा वा नियुक्त भएका
-र, प्रदेशमा जान इच्छुक

बिहीबार सचिवको जिम्मा दिएर खटाइएका सहसचिव

मुख्यमन्त्रीको कार्यालय

सन्तोष श्रेष्ठ : प्रदेश १
हरि फुँयाल : प्रदेश २
रमेशप्रसाद सिवाकोटी : प्रदेश ३
लालमणि ओझा : प्रदेश ४
जितेन्द्र काफ्ले : प्रदेश ५
यज्ञराज बोहरा : प्रदेश ६
प्रदीपराज कँडेल : प्रदेश ७

आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा खटिने

यज्ञबहादुर खत्री : प्रदेश १
देवीराम भण्डारी : प्रदेश २
बलदेवप्रसाद जोशी : प्रदेश ३
फणीन्द्रमणि पोखरेल : प्रदेश ४
प्रेमप्रसाद भट्टराई : प्रदेश ५
केशवराज आचार्य : प्रदेश ६
पीताम्बर घिमिरे : प्रदेश ७

थप कर्मचारी खटाउने तयारी

सरकारले कानुन मन्त्रालयका करिब एक सय २० कर्मचारी प्रदेशमा खटाउने गृहकार्य गरेको छ । मन्त्रालयका अनुसार पहिलो चरणमा कानुन समूहका सहसचिव र उपसचिव ५५ खटिनेछन् । यस्तै, प्राविधिक समूहअन्तर्गतका ७० इन्जिनियर र राजस्व समूहका ३५ कर्मचारी पनि प्रदेशमा जाँदै छन्। नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।