बुढिकन्या नभन्नुस्, अब विहे गर्दिन : कोमल वली

काठमाडौँ, १३ माघ । गायिका तथा नेकपा (एमाले)की राष्ट्रियसभा उम्मेदवार कोमल वलीले अब विहे नगर्ने बताएकी छिन् । आफ्नो काँधमा राष्ट्रको ठूलो जिम्मेवारी थपिएका कारण अब विवाहको झमेलामा नफस्ने बताएकी हुन् ।

आफू जनताको मनमा बस्न सफल भएको दाबी गर्दै वलीले भनिन्, ‘मेरो अबको परिवार भनेको सबै नेपाली जनता हुन्, घर भनेको नेपाल हो । विहेको कुरा नउठाएकै राम्रो ।’

हाम्रो समाजमा लामो समयसम्म विवाह नगरी बस्ने युवतीलाई बुढिकन्या भन्ने चलन छ । तर ओलीलाई बुढिकन्या भनेको मन पर्दैन । बढिकन्या भन्दा प्रतिवादमा उनले भनिन्, ‘यो बुढिकन्या भन्ने शब्द प्रयोग गर्नुहुँदैन । यसले नेपाली महिलाहरुको स्वाभिमानमा ठेस पु¥याउँछ । त्यसैले आफ्नो स्वइच्छाले विहे गर्न नचाहनु महिलाहरुको स्वतन्त्रता हो ।’

आफूलाई राष्ट्रियसभाको उम्मेदवार बनाएर एमालेले राम्रोसँग गुन लगाएको बताउँदै वलीले एमालेले आफूलाई इज्जत र सम्मान गरेको बताइन् । ‘सम्मान गर्दै जिम्मेवारी प्रदान गरिएको हो’ वलीले भनिन्, ‘एमाले र राष्ट्रका लागि मैले पनि योगदान दिएको छु । मैले आफ्नो उर्जा र पहिचान एमालेमा समर्पित गरेको छु ।

वलीले एमालेले सबै नेता कार्यकर्ताको उचित सम्मान गरेको बताइन् । ‘पार्टीमा योगदान गर्नुभएका नेता कार्यकर्ताहरुलाई स्थानीइ तह, प्रदेश सभा र प्रतिनिधिसभामा टिकट दिएर अवसर दिइसकेको छ । राष्ट्रियसभामा म उपयुक्त व्यक्ति लागेरै पार्टीले टिकट दिएको हुन सक्छ’ उनले भनिन्, ‘व्यक्ति आफैँमा कुनै कुरामा योग्य हुँदैन । म त झन के कुरामा अयोग्य छु र ?’

विगतमा आफू राजावादी भएपनि अहिले समयअनुसार आफू परिवर्तन भएको उनले बताइन् । ‘विगतमा सबैले राजसंस्था मानेकै हुन् । सबैले राजसंस्था चाहिन्छ भनेकै हुन् । म त समान्य नागरिक, जो सानैमा राजसंस्थाबाट छात्रवृत्ति पाएर पढेको हुँ । राजसंस्थाप्रतिको आस्था हुनु स्वभाविक हो । अहिले देश नयाँ परिवेशमा प्रवेश गरिसकेको अवस्थामा विगतका कुरा गरेर हुँदैन’, उनले भनिन् ।

आफ्नो प्रतिनिधित्वलाई उनले महिला र कलाकारको उपस्थितीको रुपमा लिनुपर्ने भन्दै कोलाहल मच्चाउनुपर्ने अवस्था नरहेको बताइन् । विगतमा कमल थापालाई सहयोग गरेको उल्लेख गर्दै उनले थापालाई प्रधानमन्त्री बन्ने व्यक्तिको रुपमा चित्रित गर्नु सामान्य भएको वलीले बताइन् ।

एमालेको सिद्धान्त मन परेर एमालेमा प्रवेश गरेको उनको भनाइ छ । तर प्रतिनिधिसभामा टिकट नपाउँदा भावनामा बगेर बागी उम्मेदवार दिएको उनले सुनाइन् । वलीले भनिन्, ‘मेरो हृदयमा चोट पुगेको थियो । तर सहृदयता देखाएर उम्मेदवारी फिर्ता लिएको हुँ ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।