देशको सीमाना मिचिदा रमिते बन्ने र चुँ सम्म नबोल्ने यी नेतृत्व, राणाकालदेखि अहिलेसम्म क-कस्को पालामा मिचियो नेपाली जमीन ?

अर्को खुलासा : नेपालको मिचिएको ५० विघा भूमि नापीका कर्मचारीले भारततिर पारिदए

नेपालको मिचिएको ५० विघा भूमि नापीका कर्मचारीले भारततिर पारिदए: सरकारले वीरगन्ज महानगरपालिकाको र्सिसिया क्षेत्रमा नेपालको भूभाग नमिचिएको बताएको छ। नापी विभागले भारत सरकारले ५० विघा नेपालीको जमिन मिचेको भन्ने चर्चाको खण्डन गरेको हो।

नापी विभागले एक विज्ञप्ति जारी गर्दै २०४५ पछि स्थिर सीमा सिद्धान्त अपनाउने क्रममा केही भूभाग भारततिर र भारतीय भूभाग नेपालतर्फ पर्न गएको मात्र हुनसक्ने दाबी गरेको छ।

भारतसँगको दशगजा क्षेत्रमा हराएका तथा पुराना क्षतिग्रस्त पिलरको मर्मत र निर्माणका क्रममा वीरगन्ज महानगरपालिका(१ छपकैयाका १२ स्थानीयको ३० बिघा भन्दा धेरै नम्बरी जग्गा भारतमा पुगेपछि चर्को विरोध भइरहेका बेला नापीको यस्तो स्पष्टिकरण आएको हो ।

विभागले जंगे पिल्लरसहित अन्य साना पिल्लर मर्मत तथा निर्माणका क्रममा नेपालीको ३० बिघा भन्दा धेरै जमिन भारतमा परेको कुराको खण्डन गर्दै दुवैतर्फको भूमि एकअर्कातर्फ पर्न गएको जिकिर गरेको हो ।

‘२०४५ सालपछि स्थिर सीमा सिद्धान्त अपनाउने क्रममा केही भूभाग भारततिर पर्न गएको हुन सक्छु, विभागले विज्ञप्तीमा भनेको छ,’ यस क्रममा केही भारतीय भूमि नेपालतर्फ पनि पर्न गएको हुनसक्छ । तर भारततर्फ नेपालको धेरै भूमि गएको कुरा गलत हो ।’

देशको सीमाना मिचिदा रमिते बन्ने र चुँ सम्म नबोल्ने यी नेतृत्व, राणाकालदेखि अहिलेसम्मको फेहरिस्त ?

अर्को खुलासा : नेपालको मिचिएको ५० विघा भूमि नापीका कर्मचारीले भारततिर पारिदए 



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।