यीनै हुन् इतिहास रच्ने महिला !, जो पावरफुल महिला मध्येमा पर्छिन् (भिडियो सहित)
उद्योग वाणीज्य महासंघमा इतिहाँस रच्न सफल उद्योगी महिलाको नाम हो भवानी राणा । २०६२ साल देखि वाणीज्य संघमा प्रवेश गरेकी भवानी राणा अहिले वाणीज्य महासंघको अध्यक्ष छन् ।
राणा वि.सं. २०६४ देखि २०६७ मा पहिलोपटक महिला कार्यकारिणी समिति सदस्यमा निर्वार्चत भए पछि उनको महासंघको यात्रा सुरु भएको हो । उनले महिला उद्यमी विकास समितिको सभापतिको जिम्मेवारी पनि सम्हालिसकेकी छिन् ।
पर्यटन व्यवसायसँग सम्बद्ध राणाले आफ्नो व्यवासायीक जीवनको सुरुवात बाँके र वर्दियावाट गरिन् । त्यसैले प्रदेश ५ का स्थानिय वासीन्दा अथवा बांके र वर्दियाका वासीन्दाका लागि एउटा गर्व गर्न सक्ने आधार उनले तयार गरेकी छन् ।
बाँकेमा स्नेहा गुरप प्रालिको व्यवस्थापन निर्देशकको जिम्मेवारी सम्हाल्दै आएकी उनी स्नेहा कल्चरल इन्टरटेनमेन्ट प्रालिकी निर्देशक, स्नेहा बिएन्डएस कोलाब्रेसन प्रालिकी व्यवस्थापन निर्देशक, सार्क चेम्बर क्राफ्ट भिलेजकी प्रवर्दक, पद्य क्रिएशन प्रालिकी निर्देशक र सांग्रिला डभलपमेन्ट बैंककी प्रवर्दक पनि हुन् ।


