एकिकृत शिक्षक संगठन धनकुटाको अध्यक्षमा भीम राई !

धनकुटा खबर । माओबादी केन्द्र निकट एकिकृत अखिल नेपाल शिक्षक संगठनमा भीमबहादुर राई अध्यक्ष चयन भएका छन् ।

संगठनको पाचौ धनकुटा जिल्ला अधिबेसनबाट २९ सदसिय जिल्ला समन्वय समिति सहित राई अध्यक्षमा चयन भएका हुन् ।

समितिको बरिष्ठ उपाध्यक्षमा मणिप्रसाद ईवाहाङ, उपाध्यक्षमा तारा रोईला, रोमबहादुर बजिम्पाक र चन्द्रकुमार राई, सचिवमा टेकमणी पौडेल, अर्थ सचिवमा दुर्गा सुवेदी र सहसचिवमा रेवती घिमिरे र जिवन ओझा सर्वसम्मत चयन गरेको छ ।

त्यस्तै उक्त जिल्ला अधिबेसनले मुक्तिनाथ दाहाल, यमबहादुर बस्नेत, पुर्णबहादुर राई र खेलबहादुर लिम्बुलाई प्रदेस प्रतिनिधिमा निर्वाचित गरेको छ ।

त्यस अवसरमा प्रदेस सभा सांसद कुसुमकुमारी श्रेष्ठ, संगठनका पूर्व अध्यक्षहरु ऋषिराम ढुंगाना, रत्नबहादुर राई, मदनप्रसाद अधिकारी, ब्रम्हध्वज राई र जिल्ला सदस्यहरु कृष्णकुमार मगर र दिपक गुरुङलाई सम्मान समेत गरिएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।