एआइजी को पद खारेज, डीआइजीले प्रदेश सम्हाल्ने

काठमाडौं । प्रदेश प्रमुखका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीमा थपिएको अतिरिक्त प्रहरी महानिरिक्षक (एआइजी) पद खारेज हुने भएको छ । प्रहरीका विशिष्ट कर्मचारी प्रदेशमा खटिने तर प्रदेश मन्त्रालयमा राजपत्राङ्कित प्रथम श्रेणीको कर्मचारी हुने भएपछि एआइजी पद खारेज हुने भएको हो ।

सरकारले अध्ययन विनै सातै प्रदेश प्रहरी प्रमुखमा एआइजी खटाएको थियो । प्रदेश मन्त्रालयमा अहिले सह–सचिव स्तरका कर्मचारी छन् । प्रहरी कर्मचारी विशिष्ट र मन्त्रालयका कर्मचारी राजपत्राङ्कित प्रथम श्रेणीको हुँदा समस्या भएपछि एआइजी पद खारेजी हुने गृह मन्त्रालयले जनाएको छ ।

गृह प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले प्रदेश मन्त्रालयमा सह–सचिव रहने भएपछि एआइजी पद खारेज गर्ने निर्णय भएको बताए । प्रदेशमा प्रहरी प्रमुख कुन हैसियतको हुने भन्ने निर्णय नहुन्जेलसम्म अहिले रहेका पदहरूका अधिकारी कायम रहने शर्माले जनाए ।

यसलाई गृहले फाजिलमा राखिने भनेर व्याख्या गरेको छ । ‘एकातिर संघीय प्रहरी ऐन नबनेको अवस्था र अर्कोतर्फ स्थानीय प्रशासन ऐनविना प्रदेशमा एआइजी तत्कालका लागि फाजिलमा राख्ने निर्णय भएको हो’, प्रवक्ता दुवाडीले भने ।

सशस्त्र प्रहरी बलले पनि नेपाल प्रहरीको जस्तै प्रदेश प्रमुखमा एआइजी खटाउने भन्दै ५ वटा एआइजीको दरबन्दी थप गरी बढुवाका लागि सिफारिस गरेको छ । बढुवा सिरफारि भएपनि निर्णय भएको छैन । तर नेपाल प्रहरीको जस्तै सशस्त्रको पनि प्रदेश प्रमुखमा ऐन नबनी एआइजी नखटाउने निर्णय भएको प्रवक्ता दुवाडीले बताए । – नेपाल आजबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।