स्वाभिमानी नेपालीहरुको अपमानित गर्नेगरी अंग्रेजलाई पराजित गरेको जितगढी किल्लामा भारतीय झण्डा !

काठमाडौं, १७ माघ । स्वाभिमानी नेपालीहरूलार्इ अपमान गर्नेगरी नेपाली वीरहरुले अंग्रेजलाई पराजित गरेको किल्लामा भारतीय झण्डा गाडिएकाे छ ।

नेपाली झण्डा हुनेपर्ने स्थानमा भारतीय झण्डा देख्दा स्वाभिमानी नेपालीको शीर झुकेको छ । नेपालीले अंग्रेजलाई पराजित गरेको रुपन्देही जिल्लाको बुटवलस्थित जीतगढी किल्ला र मणिमुकुन्द सेन दरबार नजिकै भारतीय सैनिकले परेड खेल्ने भएका छन् ।

एेतिहासक उक्त किल्लामा झण्डै ३ विगाहा नेपाली भूमिमा तत्कालीन सरकारले २०७३ फागुन १७ गते भारतीय सैनिक वितरण कार्यालय (पीपीओ) सञ्चालनका लागि भारत सरकारलाई दिने निर्णयका गरेको थियो । रुपन्देहीमा अन्य ठाउँ हुँदाहुँदै अंग्रेजसँगको युद्धमा बिजय प्राप्त गरेको जितगढी किल्लामा नै क्याम्प राख्नु नेपाली वीरताको अपमान भएको जिल्लाबासी बताउँछन् ।

राष्ट्रिय स्वाधिनताको रक्षाको लडाइँमा अंग्रेजलाई हराएकै ठाउँमा र देशको शिर उँचो बनाएको ठाउँमा भारती क्याम्पको राख्‍ने निर्णयप्रतिको स्थानीय अाक्रोस सेलाएको छैन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।