यी नेपाली राजनीतिज्ञ जसले बिहे गरेनन् : के पाए, के गुमाए ?

काठमाडौँ । नेपाली राजनीतिमा दर्जनौँ यस्ता नेता छन् । जसले ‘देश, जनता र पार्टी’को काम गर्दागर्दै आफ्नो घरजम गर्न पाएनन् वा सकेनन् । बिहे नगर्दा नेताहरूले झेल्नुपरेका दुःख–सुखका घटना र विवाहबारे उनीहरूका सोचाइ पनि फरक–फरक र रोचक छन् । अविवाहित नेताहरूलाई परिवार, आफन्त र साथीभाइबाट बारम्बार आइरहने एउटा प्रश्न भने समान छ–‘बिहे कहिले गर्ने ?’

कतिपयलाई यस्ता प्रश्न आउने क्रम घट्दै छ भने कतिका लागि झन् जब्बर बनेर तेर्सिन थालेको छ । केही नेता ‘बिहे गर्दिनँ भनेर भनेको छैन’ भन्ने कूटनीतिक जवाफ दिएर यस्ता प्रश्नबाट उम्किन्छन् । बिहे नगर्दा नेताहरूले पारिवारिक झन्झट र तनावबाट मुक्त भएर सम्पूर्ण ध्यान राजनीतिमा मात्रै केन्द्रित गर्न पाएका छन् । अधिकांश अविवाहित नेताले राजनीतिक सफलताको खुड्किलो चढ्दै पनि गएका छन् ।

नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष, नेकपा एमाओवादी केन्द्र
सुःख : माक्र्सले ‘बिहे गरेर गल्ती गरेँ’ भनेका छन्, त्यसैले मैले बिहे नगरेर ठीकै गरेँ, देश र जनताप्रति समर्पित छु
दुःख : एकपल्ट द्विविधामा थिएँ, अब गर्दिनँ, दुस्ख महसुस गरेको भए त बिहे गरिहाल्थेँ नि

गिरिराजमणि पोखरेल, नेता, नेकपा माओवादी केन्द्र
सुख : बिहे गर्ने कतिपय नेताले उद्देश्य पूरा गर्न सकेका छैनन्, म पूर्ण रूपमा अगाडि बढ्न पाएको छु
दुःख : प्राकृतिक ढंगले भाले–पोथी मिलेकै राम्रो, अविवाहित हुँदा समस्या र जटिलता नहुने होइनन्

शेरधन राई, पोलिटब्युरो सदस्य, एमाले
सुख : एउटा राजनीतिक उचाइ हासिल गरेको छु, बिहेको झमेलामा परेको भए यहाँसम्म पुग्दिनथेँ होला ।
दुःख : थकित र व्यस्त हुँदा अभाव खड्किन्छ, श्रीमती हुँदा राम्रै हुन्थ्यो भन्ने लाग्छ, अब भने बिहे गर्छु

रामहरि खतिवडा, केन्द्रीय सदस्य, कांग्रेस
सुख : साँझ पर्‍यो कि ‘घर कतिखेर आउने हो’ भन्ने कचकच सुन्नुपरेको छैन, पार्टीमा खट्न पाएको छु
दुःख : बेलुकी घर जाँदा ‘आइपुग्नुभयो’ भन्ने मान्छे छैन, लथालिंग हुन्छ, साथी सीधै ओछ्यानसम्मै पुग्छन्

जयन्ती राई, केन्द्रीय सदस्य, एमाले
सुख : श्रीमान्को आदेश मान्नु परेको छैन, छोराछोरीको स्याहार गर्नुपरेको छैन, राजनीतिमा सक्रिय छु
दुःख : आफन्तले ‘बिहे गर्नुपर्‍यो’ भन्दै दबाब दिँदा ‘बिहे गरेको भए पनि हुन्थ्यो कि’ भन्ने लाग्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।