मधेसी सांसदको बाहुल्य भएको प्रदेश नम्बर २ मा दौरा सुरुवाल लगाउन बन्देज

जनकपुरधाम, माघ १९ । प्रदेश २ को सभामा खटिने मर्यादापालकलाई दौरासुरुवाल लगाउन बन्देज लगाइएको खबर आजको राजधानी दैनिकमा छ । उनीहरूले कोट पाइण्ट लगाउनुपर्ने भएको छ।

जनकपुरमा बिहीबार सम्पन्न सर्वदलीय बैठकले मर्यादापालकले दौरासुरुवाल लगाउन नपाउने निर्णय गरेको हो। संघीय समाजवादी फोरम नेपालका नेता एवं प्रदेश २ का सांसद रामआशीष यादवले सर्वदलीय बैठकले मैथिली संस्कृतिसँग मेल नखाने दौरासुरुवालको विकल्प खोजिएको बताए।

केन्द्रीय संसद्का पुरुष मर्यादापालकले दौरासुरुवाल लगाउँछन् भने महिलाले सारीचोलो लगाउँछन्। अन्य प्रदेशसभामा खटिएका मर्यादापालकले पनि केन्द्रको यही ‘ड्रेस कोड’ पछ्याएका छन्। तर, प्रदेश २ ले भने अलग्गै पहिचान खोजेका छन्।

प्रदेश २ का सभा सदस्यहरूले आफ्नो पहिचानअनुसारको पहिरन लगाउन पाउने भएका छन् तर एकरूपताका लागि भने कोट वा बण्डीको रङ खैरो राख्ने निर्णय गरेको नेता शैलेन्द्र साहले बताए।

कांग्रेसका नेता एवं प्रदेशसभा सदस्य रामसरोज यादवले विधायकहरूको ‘ड्रेसकोड’ तयार सम्बन्धमा व्यापक छलफल गरी निर्णयमा पुगेको बताए। जाडोमा कोट लगाउन सकिने भए पनि गर्मीमा गाह्रो हुने भएकाले कोट तथा बण्डी तोकिएको उनको भनाइ थियो।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।