मन्त्री बोहरा र आरजुको औषधि काण्ड : बीस करोडमा डिल

काठमाडौं । स्वाथ्यमन्त्री दीपक बोहरा र आरजु राणा देउवाले राज्यलाई ठूलो क्षति हुने गरेर औषधि आयातमा निर्णय गर्न लागेको खुलासा भएको छ ।

सरकारले वितरण गर्ने ७० प्रकारका औषधि महँगोमा स्वदेशी उत्पदक कम्पनीहरूमार्फत खरिद गर्ने गरेर मन्त्री बोहरा र आरजु राणा मिलेर निर्णय गराउन लागेको खुलासा भएको हो । यो निर्णयको औषधि आयातकर्ता संघ संस्थाले विरोध गरेको दैनिक नेपालमा खबर छ । उनीहरूले स्वास्थ्यमन्त्री बोहरालाई बिहीबार भेटेर ज्ञापन पत्र बुझए ।

तर, मन्त्री बोहराले महँगोमा औषधि खरिद गर्ने गरेर हुन लागेको निर्णयबाट आफू ब्याक नहुने भनेर कडा जवाफ दिएका छन् । बोहराले औषधि खरिदमा गर्न लागेको निर्णयले उपभोक्ता र सरकारलाई अर्बौं रुपियाँ नोक्सानी हुनेछ ।

सरकारले हरेक वर्ष ७० प्रकारका औषधि निःशुल्क वितरण गर्दै आएको छ । ती औषधि स्वदेशी र विदेशी कम्पनीहरूबाट यसअघि टेण्डर प्रक्रियाबाट खरिद हुँदै आएको थियो । अब विदेशी औषधि पनि स्वदेशी औषधि उत्पादकहरूमार्फत खरिद गर्नुपर्नेछ । बोहराले निर्णय गराएमा औषधि आयातकर्ताहरूले सस्तोमा गुणस्तरीय औषधि दिन्छु भनेर टेण्डर दिन पाउने छैनन् ।

स्वास्थ्यमन्त्री बोहरा र प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाको दवावमा विदेशी कम्पनीहरूले दिने गुणस्तरीय र सस्तो औषधिलाई प्रतिबन्ध लगाउने भित्रभित्रै ठूलो तयारी भएको उच्च स्रोतले जनाएको छ । काम चलाउ सरकारले जाँदाजाँदै राज्यलाई आर्थिक भार पर्ने गरेर गर्न लागेको निर्णयको स्वास्थ्यमन्त्रालयभित्र कर्मचारीहरूले पनि विरोध गरिरहेका छन् ।

‘आयातकर्ताहरूमार्फत गुणस्तरीय र सस्तोमा विदेशबाट औषधि आयात हुँदै आएको थियो’, स्वास्थ्य मन्त्रालयका एकजना उच्च अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘आर्थिक प्रलोभनमा परेर स्वास्थ्यमन्त्री दीपक बोहराले औषधि खरिदको अव्यवहारिक निर्णय गर्दै हुनुहुन्छ ।’ ‘जाँदाजाँदै आर्थिक चलखेल गर्ने योजनामा स्वास्थ्यमन्त्री हुनुहुन्छ । दीपक बोहरालाई स्वदेशी औषधि उत्पादक कम्पनीहरूले यो निर्णय गराउनका लागि पाँच करोडको प्रस्ताव गरेका छन्’, ती कर्मचारीले भने ।

औषधि खरिदमा स्वदेशी औषधि उत्पादकहरू अनुकूलको निर्णय गराउन प्रधानमन्त्री पत्नी आरजुलाई १५ करोड रुपियाँ प्रस्ताव गएको उच्च स्रोतको दाबी छ । सीमित औषधि उद्योगीहरूको पक्षमा निर्णय गराउन दवाव दिने अभियानमा देउराली जनता फर्मास्यूटिकलका मालिक हरिभक्त शर्मा, एसियन फर्मास्यूटिकलका मालिक शंकर घिमिरे, कोयस्ट फर्मास्यूटिकलका मालिक उमेशलाल श्रेष्ठले ठूलो भूमिका खेलेको स्रोतको भनाइ छ ।

यही समूहले सरकारले खरिद गर्ने औषधिमा कब्जा जमाएर महँगामा बिक्री गर्ने योजना बनाएको आरोप छ ।

स्वास्थ्यमन्त्री बोहराले स्वदेशी औषधि उत्पादक व्यवसायीहरूको दवाव र प्रलोभनमा परेर उनीहरूलाई फाइदा पुग्ने गरी पुस २९ गते एउटा समिति समेत बनाएका छन् । बोहराले मन्त्रिस्तरीय निर्णयबाट बनाएको समितिमा औषधि विज्ञलाई राखिएको छैन । बरु त्यो समितिमा औषधि उत्पादक हरिभक्त शर्मा र दीपक दाहाललाई सदस्यमा राखिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।