उपमेयरको घरमा आगलागी, कोठा फुटाएर सामान निकालियो
बझाङ, माघ १९ । बझाङको जयपृथ्वी नगरपालिकाकी उपमेयर जुना जाग्रीको घरमा शुक्रबार आगोलागी भएको छ ।

आगोलागीबाट जाग्रीको कोठामा रहेको नगद तथा जिन्सी सामान जलेर नस्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए । उपमेयर जाग्री भने कामको सिलसिलामा यतिबेला काठमाडौंमा छिन् ।
घरमा आगोलागी भएपछि घरका अरु कोठामा रहेका सामानहरु कोठा फुटाएर बाहिर निकालिएको प्रहरीले जनाएको छ ।
आगोलागीको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । – डीबी विष्ट / इमेज


