‘होटलमा सामुहिक बलात्कार’ भनिएको घटनाले लियो यस्तो मोड…

काठमाण्डौ, १९ माघ । दरबारमार्गको एक होटलमा सामुहिक बलात्कारको शिकार भएको भनिएकी युवतीको मेडिकल रिपोर्टमा सामुहिक बलात्कार नभएको डाक्डरहरुले बताएका छन् ।

स्रोतका अनुसार ‘बलात्कृत भएको हो भन्ने इभिडेन्स केही फेला नपरेको र पीडित भनिएको युवतीको योनाङ्ग पहिल्यैदेखि सेक्सुअल्ली एक्टिभ भएको देखिन्छ । त्यसैले पनि इभिडेन्स फेला नपरेको हुन सक्छ ।’

‘स्वास्थ्य परीक्षणका क्रममा दिएको बयानले भने बलात्कृत भएको हो कि जस्तो सङ्केत हुन्छ’, स्रोतले भन्यो । यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । काठमाडौं प्रहरी परिसरले बनाएको छानविन टोलीका एक सदस्यले भने मेडिकल रिपोर्टको आधारमा मात्र बलात्कार भए नभएको भन्न नसकिने बताए ।

‘मेडिकल रिपोर्टकै आधारमा बलात्कार भयो कि भएन भन्ने होइन’, ती अधिकारीले भने, ‘हामी थप अनुसन्धान गरिरहेका छौं ।’ – लाईट नेपाल



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।