‘प्रचण्ड’को सचिवालयद्धारा ओलीलाई भारतीय दलालको आरोप, पार्टी एकता नहुने संकेत

काठमाडौं, माघ १९ । नेकपा एमाले र माओवादी केन्द्रबिच पार्टी एकता प्रक्रिया चलिरहेका बेला भारतीय विदेशमन्त्री सुश्मा स्वराजको नेपाल भ्रमणले दुई पार्टीबिचको सम्बन्धमा दरार ल्याउने संकेत गरेको छ ।


तस्विर स्रोत : नेपाल पाना

भावी प्रधानमन्त्रीका रुपमा प्रचार गरिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ओलीलाई नेपालका हुनेवाला प्रधानमन्त्रीको रुपमा हेरे । त्यसैको नतिजा हो सुश्मा स्वराजको नेपाल भ्रमण ।

भ्रमणले दुई देशबिचको सम्बन्ध सुमधुर बनाउने भनिए पनि भेटको मूल उद्देश्य मोदी र ओलीबिचको व्यक्तिगत सम्बन्ध विस्तार जस्तो पनि देखिएको छ ।

प्रधानमन्त्री बन्ने लागेको बेलामा अहिले नै प्रधानमन्त्री भइसकेको जसरी स्वराजलाई रात्रीभोजसम्म दिनुले ओली आलोचनाको सिकार पनि भएका छन् । अर्कोतिर नाकाबन्दीका बेला भारतसामु नझुकेर सबै नेपालीले प्रशंसा गर्ने गरी राष्ट्रियताको कुरा गरेका ओली स्वराजसामु झुकेको भनेर टिप्पणी पनि गरिएको छ ।

यही सन्दर्भलाई नेकपा माओवादीले पनि सहजै लिन सकेको छैन । माओवादीकै सहयोगमा प्रधानमन्त्री बन्न लागेका ओलीले पार्टी एकतालाई छायाँमा पार्न लागेको आशंका माओवादी नेताहरुले गरेका छन् ।

भारतको विश्वास पात्रका रुपमा एमाले अध्यक्ष केपी शर्मा ओली चिनिन थालेपछि ओलीलाई माओवादी केन्द्रको दृष्टिकोण पनि फरक भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका एक सदस्यले त ओलीलाई भारतीय दलाल नै भनेका छन् ।

प्रकाश दाहालको मृत्यु भएपछि सचिवालय सम्हाल्दै आएका मनोहरी तिमल्सिनाले ओलीको बारेमा विगत कोट्याउँदै तीन अवतार प्रस्तुत गरेका छन् ।

मिमिल्सिनाले ओलीका बारेमा तीनवटा बुँदा छर्लङ्ग पार्ने प्रयास गरेका छन् । उनका अनुसार १ नम्बरमा ओली ०४६ सालदेखि ०७२ सालसम्म दिल्लीभक्त थिए अनि महाकाली सन्धिका प्रमुख योजनाकार थिए ।

 दोस्रोमा ०७२ असोजदेखि ०७४ माघसम्म ओली चर्चित राष्ट्रवादी नेता भए, राष्ट्रका पहरेदार भए । तेस्रोमा ०७४ माघदेखि प्रधानमन्त्रीका लागि छिमेकी हस्तक्षेप आमन्त्रण गर्ने भए ।

यसरी तिम्लिसनाले १२ वर्ष कुकुरको पुच्छर ढुङ्ग्रामा राख्यो बाङ्गाको बाङ्गै भनेर उल्लेख गरेका छन् ।

आफू प्रधानमन्त्री बन्ने पक्का भएपछि ओलीले पार्टी एकतालाई ओझेलमा पार्न खोजेपछि माओवादी नेताहरु झन रुष्ट भएका छन् । ओलीले सके पार्टी एकता नै नगर्ने, गर्नै पर्ने भए प्रचण्डलाई अध्यक्ष पद कुनै पनि हालतमा नदिने रणनीति लिएको माओवादीका कतिपय नेताहरुले अनुमान लगाउन थालिसकेका छन् । रिपोर्टर्स नेपाल



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।