प्रदेशसभा बैठकका लागि यसरी झकिझकाऊ बनाईयो प्रदेश नम्बर ६ को सभा भवन (भिडियो सहित)

सुर्खेत, माघ २० । प्रदेश नम्बर ६ को पहिलो प्रदेशसभा बैठक पनि भोलि बस्दै छ । अस्थायी राजधानी सुर्खेतमा बस्ने पहिलो बैठकका लागि तयारी जोडतोडका साथ भइरहेको छ ।

प्रदेश सरकारका संरचना व्यवस्थापनको जिम्मा पाएको मध्यपश्चिम क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतलाई प्रदेशको अस्थायी संसद भवन सजावट गर्न भ्याइनभ्याइ भएको छ ।

प्रदेश नम्बर ६ को आइतबार बस्ने पहिलो प्रदेशसभा बैठक बस्ने स्थान मध्यपश्चिमाञ्चल सिँचाई डिभिजनको सभाहलमा सिंगार तथा रंगरोगनको काम तिव्र पारिएको छ ।

स्थायी प्रदेश संसद्का लागि शैक्षिक तालिम केन्द्रलाई छनोट गरिए पनि त्यहाँ आवश्यक तयारी गर्नुपर्ने भएकाले तत्कालका लागि यो भवन छनोट गरिएको हो ।

प्रदेशसभाको भवनमा रंगरोगन, सभामुख कक्ष, साउण्ड सिस्टम जडान, सुरक्षाको ब्यारेक स्थापना, फर्निचर व्यवस्थापनको काम भइरहेको प्रदेश सचिव भरत ढुंगानाले बताए ।

प्रदेश संसद्को पहिलो बैठकका लागि सचिवालयले आवश्यक गृहकार्य समेत गरिरहेको छ ।

बैठकको तयारीका लागि प्रदेश प्रमुख दुर्गाकेशर खनालको आव्हानमा शुक्रबार बसेको सर्वदलीय बैठकले पहिलोसभाको कार्य तालिका समेत तय गरेको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

प्रदेशसभाको पहिलो बैठक आइतबार दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

प्रदेश नम्बर ६ को ४० सदस्यीय प्रदेशसभामा नेकपा एमालेका २०, नेकपा माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका ६ र राप्रपाका एक जना सांसद छन् । मानबहादुर वली / ईमेज : भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।