हराएको सात दिनपछि भेटिएका जोनको अबस्था कस्तो छ ?

काठमाडौँ, २० माघ । सात दिनसम्म ललितपुरको फूलचोकी जंगलमा हराएर रूखको चेपमा अड्किएको अवस्थामा उद्धार गरिएका १७ वर्षीय जोन तामाङको बीएन्डबी अस्पतालको आईसीयूमा उपचार भइरहेको छ।

उनको हात-खुट्टाका औंला तथा छाला नीलो भएको छ। दुवै खुट्टा सुन्निएको छ। घुँडामा सामान्य समस्या देखिएको छ। आफैँ उठबस गर्न सक्दैनन्। सात दिनसम्म घना जंगलमा अलपत्र पर्दा शरीरमा चिसो पसेका कारण यस्तो समस्या देखिएको हो।

‘धन्न मेरो छोराको भाग्य बलियो रै’छ। यो माघको ठण्डीमा फूलचोकी जंगलमा सात दिनसम्म अलपत्र पर्दा पनि उद्धार गर्न सकियो’, आमा रिमाले भनिन्। चिकित्सकको सल्लाहमा आईसीयूमा राखिए पनि जोनको खतरामुक्त छन्। विशेष कामबाहेकका मानिसलाई उनीसँग भेटघाट गर्न दिइएको छैन। कोही मान्छे भेट्न जाँदा उनी झस्किने गरेको रिमाले बताइन्। राति पनि पटक-पटक झस्किने गरेका छन्।

शान्त वातावरणमा राखेर उपचार गर्दा पहिलेको अवस्थामा आउन सजिलो हुने चिकित्सकले बताएका छन्। आमासँग सामान्य कुराकानी गर्छ तर जंगलमा हराएको विषयमा आमा तथा परिवारका अन्य सदस्यले समेत धेरै कुरा गरेका छैनन्। उद्धार गरेको भोलिपल्ट रिमाले सामान्य कुरा गर्दा जोनले आफू लडेको ठाउँबाट टाढा-टाढाका मानिसलाई देख्ने गरेको बताएका थिए। ‘उसले बचाऊ बचाऊ भनेर चिच्याएको रहेछ तर हिँडडुल गरिरहेका मानिसले सुनेनछन्’, रिमाले भनिन्।

थसिखेलस्थिा अजय शिक्षा सदनमा कक्षा ६ मा अध्ययनरत उनी स्कुलका अन्य कक्षाका साथी र प्राचार्य दुर्गाबहादुर ओलीसँगै हाइकिङ गएका थिए। फूलचोकी हाइकिङ गएर फर्कने क्रममा उनी हराएको ओलीले प्रहरीलाई बयान दिएका छन्।

ओलीको बयानलाई आधार मानेर अहिले नै केही भन्न नसकिने परिवारका सदस्यको भनाइ छ। ‘बाटो बिराएर एक्लै हिँड्दा लडेको पनि हुन सक्छ। कसैले धकेलिदिएको पनि हुन सक्छ। वास्तविकता जोन निको भएपछि थाहा होला’, परिवारका सदस्यको शंका छ। जोन हराएको दिनदेखि नै उनी अध्ययनरत स्कुल बन्द छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।