ओलीको प्रश्न,- प्रचण्डका प्यादाले फेसबुकमा के लेखेका हुन् ?
काठमाडौं, २० माघ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव मनहरी तिमिल्सिनाले सामाजिक संजाल फेसबुकमा लेखेको स्टाटसबारे एमालेमा चर्चाको विषय बनेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नै यो विषयमा चाँसो देखाएका छन् ।
प्रचण्ड सचिवालयमा प्रेस संयोजनाको भूमिका निर्वाह गरिरहेका तिमिल्सिनाले एमाले अध्यक्ष ओलीलाई भारतको भक्त भएको बताउँदै महाकाली नदी बेच्ने सम्झौताको मुख्या योजनाकार भएको उल्लेख गरेका थिए । प्रचण्डको सचिवालयबाटै त्यस्तो स्टाटस आएपछि एमाले नेताहरुलाई गम्भीर बनाएको छ । त्यसपनि पनि अध्यक्ष ओली त निकै गम्भीर भएको बताइएको छ ।
बालकोट स्रोतका अनुसार एमाले अध्यक्ष ओलीले सचिवालका सदस्यमार्फत तिमिल्सिनाको स्टाटस आफैले पढेका शुक्रबार नै स्टाटस पढेका थिए । एमाले निकट दैनिक नेपालले उक्त स्टाटसबारे बनाइएको समाचार अध्यक्ष ओलीले पढेका थिए ।
“माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयबाट चरित्रहत्या हुने आएको स्टाटसबारे अध्यक्षलाई जानकारी गराएका थियौँ । आफै हेर्ने चाँसो राखेपछि समाचार नै देखायौं । आफै पढेपछि गम्भीर हुनुभयो” बालकोट स्रोतले भन्यो । ओलीले सुरुमा प्रचण्डका प्यादाले के लेखेको भन्ने सुनेको छु भन्दै स्टाटसबारे चाँसो राखेका थिए ।
स्टाटसपछि एक पटक माओवादी केन्द्रका अध्यक्षसँग फोन नभए तर के विषयमा कुरा भएको थाहा नभएको स्रोतले बतायो । भारतीय विदेशमन्त्री सुष्मा स्वराज स्वादेश फर्केपछि ओली र प्रचण्डबीच एक पटक फोन वार्ता भएको बताएको छ ।
एमाले अध्यक्ष ओलीलाई भारतका भक्त भनेको विषयमा एमालेका नेताहरुले आपत्ति जनाएका छन् । विशेष गरी ओली पक्षीय नेताहरुले त प्रचण्डले आफूजस्तै राष्ट्रघाती देखेको आरोप लगाएका छन् ।
प्रचण्डका प्रेस संयोजकले यस्तो लेखेका थिए
तिमिल्सिनाले सामाजिक संजाल फेसबुकमा ओली २०४६ देखि ०७२ सम्म भारतको भक्त भएको बताउँदै महाकाली सन्धीका प्रमुख योजनाकार भएको अारोप समेत लगाएका छन् । त्यसैगरी २०७२ देखि ०७४ सम्म राष्ट्रवादी नेता भएको तर २०७४ माघदेखि प्रधानमन्त्रीको लागि विदेशी हस्तक्षेप अामन्त्रण गरेको तिमिल्सिनाले बताएका छन् ।
संयोजक तिमिल्सिनाले ओलीको तीन रुप भएको उल्लेख गरेका छन् । उनले ओलीका तीन अवतार भन्दै लेखेका छन्-
यसबारे थप खबरको लागि यो लिङ्कमा क्लिक गर्नुहोस्
१. ओली ०४६ सालदेखि ०७२ सालसम्म दिल्लीभक्त थिए अनि महाकाली सन्धिका प्रमुख योजनाकार थिए ।
२. २०७२ असोजदेखि ०७४ माघसम्म ओली चर्चित राष्ट्रवादी नेता, राष्ट्रका पहरेदार भए ।
३. २०७४ माघदेखि प्रधानमन्त्रीका लागि छिमेकी हस्तक्षेप आमन्त्रण गर्ने भए ।
तिमिल्सिनाले १२ वर्ष कुकुरको पुच्छर ढुङ्ग्रामा राख्यो बाङ्गाको बाङ्गै भन्दै ओलीलाई कुकुरसँग तुलना गरेका छन् । प्रचण्ड सचिवालयबाटै यस्तो स्टाटस अाउनुलाई एमाले-माके एकता टाढा पुगेको अर्थमा हेरिएको छ । कतिपय सामाजिक संजाल प्रयोगकर्ताहरुले एमाले र माकेको एकता नहुने पक्का भएपछि प्रचण्डले सचिवालयबाट अाक्रोस पोखेको बताएका छन् । अनलाईन डवलीबाट


