दरबारमार्ग बलात्कार प्रकरण : युवतीको खातामा ‘अस्वाभाविक’ रकम

काठमाडौँ, माघ २० । दरबारमार्गको ल्यान्डमार्क होटलमा सामूहिक बलात्कारमा परेकी युवतीले आफ्नो प्रेमी शैलेश कार्कीसहित चार जनाका नाममा किटानी जाहेरी दर्ता गरेकी छन् । उनले शुक्रबार महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी हुन् ।

युवतीले आफ्नो प्रेमी भनिएका रामेछाप दुरडाँडा घर भई हाल राजधानी बस्दै आएका कार्की, उनका साथी दीपक श्रेष्ठ र अन्य २ जनाविरुद्ध किटानी जाहेरी दर्ता गराएकी हुन् । यससँगै काठमाडौं परिसर र महानगरीय प्रहरी अपराध महाशाखाको संयुक्त टोलीले चारै जनाको खोजी तीव्र पारेको छ ।

सुरु बयानमा घटना इन्कार गरेकी युवतीले दोस्रो बयानमा भनिन्, ‘दुई युवाले पालैपालो बलात्कार गरे, त्यसपछि मैले होस गुमाएँ’
काठमाडौं परिसरले बलात्कार घटना आर्थिक लेनदेनका आधारमा गुपचुप मिलाएको भन्दै अनुसन्धान थालेपछि सुरुवाती बयानमा युवतीले इन्कारी बयान दिएकी थिइन् । जब कि घटनालगत्तै महानगरीय प्रहरी वृत्त, कमलपोखरी पुगेर उनैले आफू सामूहिक बलात्कारमा परेको बताएकी थिइन् । बिहीबारयता प्रहरीले युवती र उनकी आमालाई काउन्सिलिङ गर्दै पुन: बयान सुरु गरेको थियो । दोस्रो पटकको बयानमा भने युवतीले आफूलाई राति दुई युवाले पालैपालो बलात्कार गरेको आफूले थाहा पाएको र त्यसपछि आफूले होस गुमाएको बताएकी छन् ।

युवतीको खातामा ‘अस्वाभाविक’ रकम

विश्वस्त स्रोतका अनुसार बलात्कार घटनालगत्तै युवतीको खातामा अस्वाभाविक रकम जम्मा भएको प्रहरी अनुसन्धानमा देखिएको छ । घटनापछि दरबारमार्ग वृत्तका इन्स्पेक्टर लक्ष्मण ठकुरी र सई चन्द्र भण्डारीले उक्त घटनालाई पैसा दिएर गुपचुप रूपमा मिलाएका थिए । स्रोतका अनुसार युवतीलाई ३० लाख नगदै दिने र २० लाख रुपैयाँ बराबरको बुटिक खोलिदिने समझदारी भएको थियो । स्रोत भन्छ, ‘उक्त रकमको केही हिस्सा भने घटना मिलाइदिएबापत प्रहरीलाई दिने सहमति भएको थियो ।’

उच्च स्रोतका अनुसार घटनापछि एकै मितिमा युवतीको एउटा बैंक खातामा २३ लाख र अर्कोमा ४ लाख रुपैयाँ जम्मा भएको देखिन्छ । त्यतिका धेरै रकम उनको खातामा कसले डिपोजिट गरिदियो भन्नेबारे प्रहरीले गोप्य राखेको छ । तर स्रोत भन्छ, ‘घटनालगत्तै रकम दिएर केस मिलाउने सर्तअनुसार उक्त रकम जम्मा गरिएको हो ।’ युवतीको बैंक स्टेटमेन्ट हेर्दा अघिपछि उनको खातामा थोरै रकम जम्मा हुने र निकाल्ने गरिएको देखिन्छ । अनुसन्धानमा संलग्न एक प्रहरीले भने, ‘पैसाको स्रोत युवतीले बताउन सकेकी छैनन् । त्यसैबाट रकमको स्रोत के थियो भनेर अनुमान गर्न सकिन्छ ।’ – कान्तिपुर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।