घर बनाउँदै हुनुहुन्छ ? २४ लाखमा बन्छ ‘फुल फिनिसिङ’ शानदार घर !, यी युवा इन्जिनियरलाई दिनुस जिम्मा !

काठमाडौं । घर बनाउँदै हुनुहुन्छ भने एक पटक सोच्नुस! सबै सामान जोड्न र त्यसको निरिक्षण गरिरहन तपाईंको धेरै समय खर्च हुन्छ। कुनै निर्माण व्यवसायीलाई ठेक्का दिदाँ वा ज्यालादारीमा कामदार लगाउँदा घर सस्तो हुने हैन। महिनौँ समय पनि घर्किरहेको हुन्छ। तर, तीन हजार रुपैयाँ प्रति वर्ग फिट शुल्क तिर्न तयार हुनुभयो भने, आफ्नो सबै काम चालु राखेर एकैपटक ‘फुल फिनिसिङ’ घरमा तपाईँ सर्न सक्नु हुन्छ।

युवा इन्जिनियरहरुले सुरु गरेको ‘मेरोघर’ले तीन हजार रुपैयाँ प्रति वर्ग फिट लागतमा तपाईँको घर बनाइदिन्छ। समाजमा अझै पनि इन्जिनियरलाई घर बनाउन दिँदा महङ्गो पर्ने बुझाइ कायमै रहेको मेरोघरका चिफ अपरेशन अधिकृत बिजय शर्माको अनुभव छ । तर, आफूहरुलाई विश्वास गरे घर महँगो वा झन्जटिलो नभई सस्तो र सरल बन्ने उनको भनाइ छ। नक्सा कोर्ने, पास गर्ने, निर्माण सामग्री जुटाउने, रङ रोगन गर्ने देखि घर सम्पन्न भएको प्रमाणपत्रसम्म लिएर घरधनीलाई जिम्मा लगाउने उनले बताए। ‘गुणस्तरमा सम्झौता नगरि प्रति बर्ग फुट तीन हजार रुपैयाँ लिएर बनि सकेको घर जिम्मा लगाउनु महङ्गो होइन, उनको भनाइ छ- निर्माण व्यवसायीलाई जिम्मा दिँदा त्यति हाराहारी रकम त निर्माणकै मात्र लाग्छ, हामीलाई जमिन देखाई दिएमा नक्सा बनाउने देखि रंङ लगाउनेसम्मको काम सकेर घर जिम्मा लगाउँछौँ।’

धेरैजसो स्थानीय निर्माण व्यवसायीले घर बनाउँदा ईट्टाको वाल लगाएर छोडिदिन्छन्। सिमेन्ट, डण्डी, बालुवा, रोडा, ईट्टा लगायतका सामान घरधनीले नै किनेर ल्याई दिएका हुन्छन्। बिजुली, धारा, पेन्टस्, झ्याल ढोका राख्ने, लगायतका काम गर्न फेरि अरु कसैलाई जिम्मा दिनु पर्छ। तीन हजार रुपैयाँ प्रति स्क्वायरफिट शुल्कमा ईन्जिनियरले ‘स्ट्रकचर’ डिजाईन गरेर बनाएको घर निर्माण व्यवसायीले सरसर्ती बनाएको भन्दा कैयौँ गुणा बलियो र भरपर्दो हुने शर्माको दावी छ। ‘निर्माण व्यवसायीले परम्परागत शैलीमा मोटो र धेरै डण्डी राख्यो भने बलियो हुन्छ भनेर लागत बढाई रहेका हुन्छन्, उनको भनाइ छ- मोटो र धेरै डण्डीले मात्र घर बलियो हुने होइन।’ कत्रो घर बनाउँदा कति मोटो डण्डी, कति वटा पिल्लर राख्ने भन्ने कुरा स्ट्रक्चर डिजाईन गरेपछि मात्र थाहा हुने उनको भनाइ छ। तर, सर्वसाधारणले नगरपालिकामा गएर नक्सा पास गर्ने वित्तिकै निर्माण व्यवसायीले भने अनुसार घर बनाउँदा लागत मात्रै बढि रहेको उनको भनाइ छ। ‘नेपाल अति गरिब देश मध्येकै एक हो। तर, नेपालमा बन्ने पक्की घरको मूल्य अति महँगो पर्छ, उनले भने- नेपालीसँग सम्पत्ती भएर घर महङ्गो परेको होइन, यहाँ प्रविधिनै यस्तो छ की सस्तो मूल्यमा घर बनाउन सम्भव नै छैन।’ भूकम्प जानु अघिसम्म घर बनाउने सस्तो तरिका भनेको पिलर, डण्डीको संख्या घटाउने एवं अन्य सामग्री पनि कमसल प्रयोग गर्ने लगायतका उपाय मात्र थिए। त्यसरी बनाइएका घर भूकम्पमा पूर्ण रुपमा क्षती भएपछि मानिसको सोच बदलिएको शर्माको अनुभव छ।

तर, बलियो घर बनाउँदा लागत बढ्ने कुरा सबैको टाउको दुखाईको विषय बन्यो। यही मौकामा विभिन्न कम्पनी देखि एनजीओसम्मले बाँस लगायतका सामाग्री प्रयोग गरेर सुलभ मूल्यमा बलियो घर बनाउने कुरा पनि बाहिर ल्याए। लामो समयको प्रतिक्षामा राहत रकम पाएका भूकम्प पिडित त्यस्ता घरमा झन् आकर्षित भएनन्। ‘सर्वसाधारणहरु विभिन्न कम्पनीका सस्ता घरमा आकर्षित नहुनुमा भूकम्प लगत्तै बनाइएका ति घर राहत पाउँदासम्म चर्कि सकेको कारणले पनि हो’ उनको भनाइ छ।

ईट्टाको विकल्प ईट्टानै

अर्को बिश्वसनीय उत्पदान बजारमा नआएसम्म ईट्टाको विकल्प ईट्टा मात्रै हुने उनी बताउँछन्। ‘आरसिजी मोडलको विकल्प छैन, उनी भन्छन्- यसैलाई कसरी सहि तरिकाले राम्रो र सस्तो बनाउन सकिन्छ भनेर हामीले अध्ययन गरेर अघि बढेका हौँ।’ बिजयको टिममा सिभिल, इन्जिनियर देखि सूचना प्रविधिसम्मका इन्जिनियर छन्। लामो अनुसन्धान पश्चात किफायती मूल्यमा घर बनाउने उपाय पत्ता लगाएर आफूहरु यो क्षेत्रमा लागेको उनको भनाइ छ। अहिलेसम्म मेरोघरले राम्रो आय स्तरका बिभिन्न क्षेत्रका उच्च ओहोदाधारीहरुको घर बनाएर हस्तान्तरण गरि सकेको उनले बताए। माथिल्लो बर्गको घर राम्रो भएको नतिजा सञ्चार भएपछि मात्र मध्यम वर्गको रोजाइमा आफुहरु पर्ने उनीको विश्लेषण छ।

कत्रो घर बनाउन कति खर्च ?

मेरोघरलाई ८०० स्क्वायरफिटमा एक तले घर बनाउन जिम्मा दिने हो भने २४ लाख रुपैयाँ लागत पर्छ। जसमा किचन, भर्याङ, ट्वाईलेट-वाथरुम, डाईनिङ् हल र बेडरुम सहितको घर बनाउन सकिने उनी बताउँछन्। यस्तै दुई तलाको घर बनाईयो भने ४८ लाख रुपैयाँ र अढाई तला बनाउँदा ६० लाख रुपैयाँ लागत पर्छ। एक हजार स्क्वायरफिटको घर बनाउने हो भने एक तलामै माथीका सबै कुरा सहित र तीन बेडरुमसम्मको घर बनाउन सकिन्छ। जसको लागत ३० लाख मात्र पर्छ। यसै घरलाई दुई तला बनाउँदा ६० लाख र अढाई तलामा ७५ लाख रुपैयाँ खर्च लाग्छ। बिजमाण्डू ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।