चीनले काठमाण्डौं उपत्यकाको चक्रपथ आठ लेनको बनाइदिने

काठमाण्डौं, २१ माघ । चीनले काठमाडौं उपत्यकाको चक्रपथ ५० मिटर चौडाइसहित पूरैखण्ड आठ लेनको बनाइ दिने भएको छ। २७ किलोमिटर लम्बाईको यो चक्रपथ हाल कलंकी–सातदोबाटो–कोटेश्वरखण्ड, १० किमि चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सन ग्रुपले विस्तार गरिरहेको छ।

बाँकी १७ किमि पनि विस्तार गर्न यही कम्पनी सहमत भएको सडक विभागको वैदेशिक महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले जानकारी दिए। उनले अन्नपूर्णसँग भने, ‘कलंकीबाट महाराजगन्जसम्मको आठ दशमलव दुई किमि सडक विस्तार गर्ने विषयमा दुई साता अगाडि औपचारिक सहमति भइसकेको छ।अब यो खण्डमा पर्ने घर टहरा हटाउने, जग्गा खाली गरेर साइट क्लियर गर्ने पाटो हाम्रो हो। त्यसपछि चिनियाँ कम्पनीले निर्माण सुरु गर्नेछ।’

चिनियाँ कम्पनीले तीन वर्षभित्र पूरै सडक अहिले विस्तार भइरहेको कलंकी९कोटेश्वर खण्डसरहकै बनाउने भएको छ। चिनियाँ कम्पनीले कलंकी९कोटेश्व खण्ड करिब पाँच अर्ब रुपैयाँ खर्च गरेर स्तारोन्नति गरिहेको छ। कलंकी चोकमा अन्डरपाससहितको यो काम आगामी ६ महिनाभित्र पूरा गर्ने योजना छ। पहिलो खण्ड सकेपछि कलंकीबाट बालाजु हुँदै महाराजगन्जसम्म विस्तार हुनेछ।

त्यसपछि महाराजगन्जदेखि चाबहिल हुँदै कोटेश्वेरसम्म विस्तार हुने जानकारी श्रेष्ठले दिए। उनले भने, ‘चाबहिलदेखि गौशालासम्मको करिब डेढ किमि खण्डमा धेरै संरचना भएको र त्यसलाई हटाउनु चुनौतीपूर्ण भएकाले यो खण्डमा फ्लाई ओभर बनाउने प्रस्ताव गरिएको छ। चीन सरकारको अनुदान सहयोगमा विस्तार हुने पूरै चक्रपथ खण्डअन्तर्गत डेढ किमि दूरीमा फ्लाइओभर बनाएर काम गर्न कम्पनी तयार रहेको जानकारी श्रेष्ठले दिए।

कलंकीदेखि महाराजगन्जसम्मको सडक विस्तार गर्ने विषयमा सडक विभागले नै सम्भाव्यता अध्ययन गरेको छ। अध्ययन प्रतिवेदन चिनियाँ कम्पनीलाई उपलब्ध गराइसकिएको चक्रपथ सुधार आयोजनाले जानकारी दिएको छ। यो खण्डको विस्तारका लागि पनि कलंकी कोटेश्वर खण्डमाभएको पाँच अर्बकै अनुपातमा अबको नयाँ खण्डमा पनि खर्च हुने अनुमान गरिएको छ। – अन्नपूर्ण पोस्टबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।