साकार भएन ‘पानी सपना’ : खानेपानीका कर्मचारीको लापरबाहिका कारण मूलको पानी धारा–ट्याङकिमा नभई खोल्सीमा !

धनकुटा तेलियाका इन्द्र बहादुर लिम्बु भन्छन,- धारामा कमिलाको गुँड छ, ट्याङकीमा माकुराको जालो

धनकुटा खबर । १३ बर्ष अघि टोलै पिच्छे धमाधम पानी ट्याङकी र धारा बनेपछि खानेपानीको समस्या टर्यो भनेर खुशीले गदगद् भएका धनकुटाको साविक तेलिया गाविस अहिलेको छथरजोरपाटी गाउँपालिका ४ का बासिन्दा सरकारी धारोमा पानीको थोपो नझरेपछि माछो माछो भ्यागुतो भएका छन् ।

२०५७ सालमा स्थानीय जनतामाझ खानेपानी आपूर्ती व्यबस्थालाई सहज बनाउने भन्दै जिल्ला खानेपानी कार्यालय र भू–तथा जलाधार संरक्षण कार्यालयको आर्थिक प्रविधिक सहयोगमा साविक तेलिया गाविसमा मात्रै ३७ सार्वजनिक धारा र दर्जन बढि ट्याङकि निर्माण भएका थिए ।

अहिले ति धाराबाट पानीको थोपो झदैन । ‘धारामा कमिलाको गुँड छ, ट्याङकीमा माकुराको जालो ।’ स्थानीय इन्द्र बहादुर लिम्बुले बताए । खानेपानीको धारो बनाउन अनिकालको अन्न समेत बेचेर खर्च जुटाईयो धारामा पानी झरेन । अर्का उपभोक्ता रोहिणी बेलास खतिबटाले गुनासो गरे । दुःख गरेर आर्थिक र जनश्रम जुटाएका सर्वसाधारण पानीको उपभोग गर्न नपाए पछि खिन्न बनेका हुन ।

खानेपानीका लागि गाडिएका पाईप ठाउँ–ठाउँबाटै चोरी भएका छन । साविक तेलिया गाविसको मार्से, फँडिरे, पिप्ले, लगायतका स्थानमा खानेपानीको चरम अभाव छ । स्थानीयहरु पानीकै लागि दैनिक लामो समय खर्चन्छन ।

पानीको समस्या समाधानका लागि स्थानीयले पानी मूल खरिदका लागि योजना बनाए पनि महगो लागतका कारण योजनाले मूर्तरुप लिन सकेको छैन भने भूमिगत पानीका मूहान सुकेकाले पनि समस्या भएको स्थानिय बताउछन् । ‘टाढा पानी मूल भेटिएको छ, सबै पैसाको जोहो गर्न स्थानीयको पूँजीले भ्याउँदैन, सहयोग गर्ने निकाय फेला परेन ।’ उपभोक्ता शंकर प्रसाद ओझाले गुनासो गरे ।

तेलिया र तांखुवा गाविसको सीमावर्ती सोतीआहालमा रहेको ट्याङ्कीबाट वितरणको व्यबस्था मिलाईएको भए पनि खानेपानीका कर्मचारीको लापरबाहिका कारण त्यहाँबाट छोडिएको पानी उपभोक्ताका धारा–ट्याङकिमा नभई खोल्सीमा बग्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।