एमालेका कारण एकिकरणमा ढिलाई : नारायणकाजी श्रेष्ठ

काठमाडौं, २२ माघ । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले तत्काल पार्टी एकता हुन नसक्ने खुलाशा गरेका छन् ।

आफू निकटका नेताहरूसँगको गोप्य भेलामा श्रेष्ठले एमालेका कारण एकिकरणमा ढिलाई भएको आरोप लगाएका छन् ।

स्रोतका अनुसार एकिकरणको नाममा राष्ट्रिय सभाको चुनाव सम्म मात्रै माओवादीलाई सँगै लिएर जाने एमालेले रणनिती बनाएको श्रेष्ठले बताएका छन् । त्यति मात्रै नभएर राष्ट्रिय सभाको चुनावपछि संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालको साथ लिएर सरकार बनाउने रणनिती एमालेले अख्तियार गरेको उनले बताएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीले माओवादीसँग मिलेर सरकार बनाउदा वा एकता गर्दा पार्टीलाई हानी हुने र मधेशवादी पार्टीसँग मिलेर जाँदा मधेशमा साँगठनिक रुपमा बलियो हुने निष्कर्ष निकालेका छन् ।

श्रेष्ठको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘एमालेले जनादेशको भावना बिपरीत सरकार बनाउने तयारी गर्छ भन्ने हामी काँग्रेससँग मिलेर सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छौ ।’ – नेपाल पानाबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।