प्रेस चौतारी धनकुटाद्वारा २ ब्यक्तित्व सम्मानित
धनकुटा खबर । प्रेस चौतारीको २० औ स्थापना दिवसको अवसरमा धनकुटा शाखाले २ जना ब्यक्तित्वहरुलाई सम्मान र पुरस्कृत गरेको छ ।

संस्थाले एक कार्यक्रमको आयोजना गरी प्रतिनिधिसभाको सदस्यमा निर्वाचित हुनुभएका राजेन्द्र राईलाई सम्मान र रेडियो नेपाल धनकुटाका सम्पादक तिलविक्रम चेम्जोङ्गलाई पुरस्कृत गरेको छ ।
चेम्जोङ्गलाई छिन्ताङ्ग–खोकु–आखिँसल्ला शहिद स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार २०७४ वाट सम्मान सहित पुरस्कृत गरिएको हो ।
उनलार्ई नेकपा एमाले जिल्ला कमिटि धनकुटाका अध्यक्ष एवं प्रतिनिधिसभाका सदस्य राजेन्द्र राई र प्रेस चौतारी धनकुटाका अध्यक्ष सन्तोष रुचालले सम्मान पत्र र नगद ५ हजार ५ सय ५५ रुपैया प्रदान गरेका थिए ।
सोही अवसरमा राईलाई प्रेस चौतारी धनकुटाको तर्फवाट बधाई तथा सफल कार्यकालको शुभकामना सहित सम्मान पत्र प्रदान गरि सम्मान गरिएको छ ।
पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा प्रेस चौतारी नेपाल धनकुटाका पुर्व अध्यक्ष भेषराज कट्टेल,नेपाल पत्रकार महासघं धनकुटाका उपाध्यक्ष नगेन्द्र राई, प्रेस युनियन धनकुटाका अध्यक्ष यानिन्द्र तिगेला, प्रेस सेन्टरका जिल्ला अध्यक्ष ईश्वर थापा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
प्रेस चौतारी नेपालले स्थापना गरेको छिन्ताङ्ग–खोकु–आखिँसल्ला शहिद स्मृति क्रियाशिल पत्रकारिता पुरस्कारवाट हरेक वर्ष स्थापना दिवसको अवसर पारेर धनकुटामा क्रियाशिल एक जना अग्रज पत्रकारलाई सम्मान तथा पुरस्कृत गर्दै आएको छ ।


