ओली विरुद्ध फेसबुकमा गलत लेख्ने प्रचण्डका एक सहयोगी कारवाहीमा !

काठमाडौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवायलमा कार्यरत एक सहयोगी हटाइएका छन् । प्रचण्डका प्रेस सहयोगीका रुपमा कार्यरत मनहरि तिमिल्सिनालाई जिम्मेवारीबाट हटाइएको हो ।

एमाले अध्यक्ष केपी ओलीमाथि ‘दिल्लीभक्त’ आरोप लगाउँदै सामाजिक सञ्जाल फेसबुक ग्रुपमा ‘क्याम्पेनिङ’ गरेको आरोपमा उनीमाथि प्रचण्डले ‘एक्सन’ लिएका हुन् । तिमिल्सिनाले ओलीलाई २०४६ देखि २०७२ सालसम्म दिल्लीभक्त, महाकाली सन्धिका प्रमुख योजनाकार, २०७२ असोजदेखि २०७४ माघसम्म चर्चित राष्ट्रवादी नेता, राष्ट्रका पहरेदार र ०७४ माघदेखि प्रधानमन्त्रीका लागि छिमेकी हस्तक्षेप आमन्त्रण गरेको आरोप लगाएका थिए ।

तिमिल्सिनाले आफ्नो उक्त पोष्टलाई फेसबुकमा भाइरल बनाउन आग्रह गरेका थिए ।

एमाले अध्यक्ष ओलीका सहयोगीले प्रचण्डका सहयोगीले लगाएको आरोपको ‘स्क्रिन सट’ देखाएपछि ओलीले प्रचण्डलाई तिमिल्सिना सचिवालयमा रहे÷नरहेको सोधेका थिए ।

प्रचण्डले तिमिल्सिना आफ्नो सचिवालयमा रहेको जवाफ दिएपछि ओलीले आफ्नोबारे उनले जथाभावी लेखेको भन्दै हटाउन भनेका थिए । प्रचण्डले तत्कालै ‘एक्सन’ लिने बताए ।

स्रोतका अनुसार प्रचण्डले पार्टी एकताको प्रयास अघि बढिरहेका बेला बाम गठबन्धनका प्रमुख नेताविरुद्ध आफ्नो सचिवालयमा बसेर अफवाहपूर्ण आरोप लगाएको भन्दै तिमिल्सिनालाई अबदेखि नआउन भनेका थिए । तिमिल्सिनालाई प्रचण्डले बिहीबार निवासबाट बिदा गरेको उनको सचिवालयले पुष्टि गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖