प्रदेशसभा बैठकमा हिन्दी भाषामा सम्बोधन गरेको भन्दै राजपा र फोरमको पुत्ला जलाइयो

जनकपुर, २३ माघ । प्रदेशसभा बैठकमा हिन्दी भाषामा सम्बोधन गरेको भन्दै धनुषाको जनकपुरमा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको पुत्ला जलाइएको छ । स्थानीय युवाहरुले जनकपुरको जानकी चोकमा दुवै पार्टीको पुत्ला बनाएर जलाएका हुन् ।

माघ २१ गते जनकपुरमा भएको प्रदेशसभा २ को बैठकमा फोरम र राजपाका सांसदहरुले हिन्दी भाषामा सम्बोधन गरेका थिए ।

यो सगै देश नम्बर दुईमा मातृभाषाको विवाद चर्किएको छ । स्थानीय युवाहरुले मैथिली, भोजपुरी र अन्य मातृभाषालाई वेवास्ता गर्दै हिन्दी भाषामा सम्बोधन गरेको भन्दै दुई पार्टीको पुत्ला जलाएका हुन् । पुत्ला दहनको क्रममा स्थानीय युवाहरूको प्रहरीसँग पुत्ला खोसाखोस भएको थियो । काठमाण्डूटुडे



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।