‘पाठ सिकेको सम्झि अबिचलित लागिरहने छु’,- भुत काण्डमा फसेपछि रवि लामिछानेले दिए यस्तो स्पष्टीकरण
काठमाडौँ, २४ माघ । निकै चर्चामा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछाने यतिबेला भुतकाण्डका कारण चर्चामा छन् ।
न्यूज ट्वान्टीफोर टेलिभिजनबाट प्रस्तुत ‘जनतासँग सिधा कुरा’ कार्यक्रममा उनले ललितपुरको टिकाथलीको एक घरमा भूतले आतंक मच्चाएको सम्बन्धी विषय पस्केका थिए । त्यो विषय सामाजिक सञ्जालमा भाइरलमात्रै भएन्, रविलाई अनेकगरी उँडाइएको छ ।
रविले प्रस्तुत उठान गरेको भुतकाण्ड झुट्टा रहेको उनी स्वयमले नै टेलिभिजन कार्यक्रममार्फत प्रमाणित गरिसकेका छन् । तर, यो विषय यसै सकिएको छैन्, टेलिभिजनको विश्वशनियतालाई लिएर अनेक प्रश्नहरु उब्जिएका छन् । एउटा व्यक्ति र परिवारले टेलिभिजनलाई कसरी उपयोग गरी समाजमा त्रास फैलाउन सक्छ भन्ने कुरा पनि यसले देखाएको छ ।
सामाजिक सञ्जालमा अनेक प्रश्न उठेपछि रविले पनि फेसबुकबाटै जबाफ दिएका छन् । भ्रम छर्नका लागि आफूहरुले भुतकाण्डलाई नदेखाएको भन्दै उनले घटनालाई पाठका रुपमा लिँदै अविचलित रुपमा लाग्ने बताएका छन् ।
यस्तो छ रविको प्रष्टीकरण:
भ्रम छर्न होइन्, वास्तविकता पत्ता लगाउन हामीले टिकाथलीको रिपोर्टिंग गरेका हौँ। अफवाह फैलायौँ कि अफवाहको सप्रमाण समाधान गर्यौं ? फैसला तपाईंको हातमा। तर यो जरुरी थियो। समस्या आयो, देखाएर समाधान गर्यौ। हाम्रो रिपोर्टलाई तोडमोड गर्नेहरुको भिडियो अब कति हास्यास्पद होला। मेरो अनुरोध छ, अब त्यसता भिडियोहरु आफ्नो यूट्वीब च्यानलबाट हटाउनु होला। हाम्रो कार्यक्रममा हामीले के भनेका थियौँ, त्यो सँधै हेर्न मिल्छ। न मेट्नु पर्नेछ, न हटाउनु पर्ने छ। यस पछि पनि आलोचनाको लायक नै छु भने स्वीकार गर्नेछु। पाठ सिकेको सम्झि अबिचलित लागिरहने छु।
सम्बन्धित भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोस् – भूत बनेर तर्साउनेको पर्दाफास…


