चर्चित हास्यकलाकार दीपकराज गिरीकी छोरीको विवाह पक्का ! कोसँग र कहिले ?
काठमाडौं, २४ माघ । चर्चित हास्यकलाकार दीपकराज गिरीकी छोरीको विवाह हुने भएको छ । दीपककी जेठी छोरी मौषमी गिरीको नुवाकोटका सुशील पण्डितसँग बुधबार स्वयम्बर भएको हो । उनीहरुको स्वयम्बरको तस्बिर हास्यकलाकार दीपाश्री निरौलाले फेसबुकमार्फत सार्वजनिक गरेकी छन् । तस्बिर राख्दै दीपाले उनीहरूलाई बधाई दिएकी छन् । केहीवर्षयताको प्रेम सम्बन्धपछि आगामी फागुन ११ गते विवाह हुने तय भएको पारिवारिक स्रोतले जनाएको छ । सुशील नुवाकोटको विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितका छोरा हुन् ।




