उडिसा पुगेका ज्ञानेन्द्रलाई ‘नेपालका राजा’ भनेरै सम्बोधन, भारतीय सेनाको सुरक्षा

माघ २४ । सोमबार राजधानीबाट भारत प्रस्थान गरेका पूर्व राजा ज्ञानेन्द्र शाहलाई बुधबार बिहान उडिसाको भुवनेश्वरस्थित बिजु पटनायक अन्तर्राष्ट्रिय विमानस्थलमा ज्ञानेन्द्रलाई स्वागत गरिएको छ । नेपालमा राजतन्त्रको अस्तित्व सकिएर गणतन्त्र आइसकेको भए पनि स्थानीय मिडियाहरुले ज्ञानेन्द्रलाई ‘नेपालका राजा’ भनेरै सम्बोधन गरिरहेका छन्।

ज्ञानेन्द्रको सुरक्षाका लागि सशस्त्र सेना तैनाथ गरिएको छ।

उनले ‘लोपोन्मुख’ भारतीय देसी गाई जोगाउने उद्देश्य रहेको संगठन श्रीमार्गले आयोजना गर्ने मिसन वाउ काउ कार्यक्रमको आज उद्घाटन गर्नेछन्।

उडिसाको राठीपुरमा हुने अन्तर्राष्ट्रिय गौ सम्वर्द्धन महोत्वसमा ज्ञानेन्द्रलाई ‘नेपालका राजा’कै हैसियतमा सहभागी हुन निम्तो पठाइएको थियो। सोही अवसरमा गौमाता मन्दिरको शिलान्यास गर्ने कार्यक्रम पनि छ।

आयोजक श्रीमार्गका अनुसार त्यहाँ शनिबारदेखि बुधबारसम्म गो विश्वशान्ति महायज्ञको पनि आयोजना हुँदैछ। महायज्ञको अन्तिम दिन ज्ञानेन्द्रले पूर्णाहुति पनि दिनेछन्।

सोही क्रममा ज्ञानेन्द्रलाई राजसिंहासनमा राखी अभिषेक पनि गर्ने कार्यक्रम रहेको छ। श्रीमार्गका सदस्य समिर समालले यसअघिको पत्रकार सम्मेलनमा भनेका थिए, ‘हिज मेजेस्टी द रोयल किङ अफ नेपालको ‘राज सम्वर्द्धन’ सर्वसाधारण र गण्यमान्य व्यक्तिहरुले बुधबार गर्नेछन्।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।