धुर्मुस-सुन्तलीले गरेजस्तो काम सरकारले गर्न सकेन, किन ?, यस्तो छ जनताको आवाज हेर्नुहोस जस्ताको तस्तै

सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को पहलमा रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर–८, सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि निर्माण गरिएको भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न ४७ वटा घर मंगलबार बस्ती हस्तान्तरण गरिएको छ । गएको असोज ४ गते शिलान्यास गरिएको यो नमूना बस्तीमा सामुदायिक भवन, मन्दिर, क्लबघर, भ्यू टावर समेत बनेका छन् । गएको साउनमा आएको बाढीले गाउँका दलित परिवारको घर डुबानमा परेपछि धुर्मुस–सुन्तलीको पहलमा सुविधा सम्पन्न घर बनाइएको हो । बस्ती हस्तान्तरण कायक्रममा २ नम्बर प्रदेश प्रमुख रन्तेश्वर लाल कायस्थ, मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्यलगायतको उपस्थिति थियो । बस्ती २ सय ८४ जना बासिन्दाका लागि बनाइएको धुर्मुस–सुन्तली फाउण्डेसनले जनाएको छ । बस्ती करिब पाँच करोड ९६ लाखको लागतमा निर्माण भएको जनाइएको छ । बस्ति हस्तान्तरण पछि लाईटनेपालले धुर्मुस सुन्तलीले गरेजस्तो काम सरकारले किन गर्न सकेन भन्ने जिज्ञासा राखेकोमा जनताको आवाज हेर्नुहोस जस्ताको तस्तै



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।