भोजपुरी, मैथिली र नेपाली भाषालाई छाडेर हिन्दीमा सपथ र बोले पछि प्रदेश २ मा आन्दोलन

मातृभाषामा शपथ नलिएको भन्दै राजपा र फोरम नेताको पुतला जलाइयो

पहिलो प्रदेशसभा बैठकमा मातृभाषामा शपथग्रहण नगरी हिन्दीमा गरेको भन्दै स्थानीय युवकहरुले मंगलबार राष्ट्रिय जनता पार्टी तथा संघीय समाजवादी फोरमका नेताहरुको पुतला जलाएको छ ।

आइतबार सम्पन्न प्रदेश नम्बर दुईको पहिलो बैठकमा संघीय समाजवादी फोरमका लालबावु राउत तथा राष्ट्रिय जनता पार्टीका जीतेन्द्र सोनलले हिन्दीमा भाषण गरेका थिए भने नेपाली कांग्रेसका रामसरोज यादव, एमालेका सत्यनारायण मण्डल र शत्रुघ्न महतो तथा माओवादी केन्द्रका भरत साह मैथिलीमा संम्बोधन गरेका थिए ।

युवा अभियन्ता सुशील कर्णले भने–‘पहिचानको नाममा आन्दोलन गर्ने अनि मातृभाषा जस्तो आत्मिय पहिचानलाई बिर्सिने दलहरुको खबरदारी गर्न पुतला दहन गरेका हौं ।’ कर्णले प्रदेश नम्बर दुईमा बोलिने मैथिली, भोजपूरी, थारुसहितका मातृभाषाहरुमा मात्र बोल्न प्रदेशसभा सदस्यहरुसँग आग्रह समेत गरे ।

‘मातृभाषाको अपमान तथा बाहिरी भाषाको सम्मान हामीलाई सह्य छैन । हामी आन्दोलनमा जान्छौं ।’ परिवर्तनका लागि युवा अभियानका बिट्टु पजियारले भने । यसअघि सम्पन्न प्रदेशसभा सदस्यहरुको शपथग्रहणमा ४७ जनाले मैथिलीमा, २५ जनाले भोजपुरीमा, २४ जनाले नेपालीमा तथा ११ जना सदस्यले हिन्दीमा शपथग्रहण गरेका थिए । हिन्दीमा शपथ लिने सम्पूर्ण प्रदेशसभा सदस्य राजपाका थिए ।

भोजपुरी, मैथिली र नेपाली भाषालाई छाडेर हिन्दीमा सपथ र बोले पछि प्रदेश २ मा आन्दोलन – भिडियो 

https://youtu.be/yP2g1asPO2k



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।