फरक शैलीमा ‘टालाटुली बाटुली, नाच मेरी पुतली’ – भिडियो सहित

काठमाडौं । पछिल्लो समयमा निक्कै चर्चामा रहेका चर्चित गायक सूर्यबिरही साउँद र रश्मी रिजालद्धारा स्वरबद्ध र अराज केशबको रिमिक्स गीतको भिडियो सार्वजनिक गरिएको छ । ‘टालाटुली बाटुली नाच मेरी पुतली’ बोलको फरक शैलीको म्युजिक भिडियो बिहीबार सार्बजनिक भएको हो ।

सूर्य बिरही साउँदले यस अघि ‘सुदूरको चेलो म त’, ‘म त भैसी गोठालो’, ‘बाध्यताले पठाउन लाग्यो परदेश’, ‘नरो मेरी सुवाँ’, ‘प्रिति फूल सारी दे’, ‘बिन्ति शैलेश्वरी’, ‘बनमारा बनैभरी छ’, ‘तेरो मेरो माया बबाली’, ‘जन्मभुमिको माया’, ‘यो लोटाउनो रांगो’, लगायतका दर्जनौ चर्चित गीत बजारमा ल्याई सकेका छन् । यि गीतहरु दर्शक, स्रोताहरुले अत्याधिक मन पराएको थिए । युट्युबमा पनि सबै भन्दा बढि सस्क्राईब भएका थिए ।

‘टालाटुली बाटुली नाच मेरी पुतली’ बोलको गीत सुदूर तथा मध्यपश्चिमको थेगोलाई समाबेश गरि पहिलो पटक तयार पारिएको फरक शैलीको देउडा फ्यूजन डान्सिङ गीत हो । सुदूर तथा मध्यपश्चिमका बालबालिकाहरु बालपनका बेला दौतरीहरुसँग कपडाका सानासाना टालाटुली बटुलेर पुतली बनाई रमाईलो गरी खेल खेल्ने चलन छ । काठमाडौंको त्रिभुवन पार्क र भद्रकालीमा छाँयांकन गरिएको सो म्युजिक भिडियो बसिबियालो म्युजिक प्रालि अनामनगर काठमाडौंले बजारमा ल्याएको हो ।

बिक्रम चौहानको निर्देशनमा ‘टालाटुली बाटुली नाच मेरी पुतली’ म्युजिक भिडियोमा शेर साउँद, करिश्मा ढकाल र करन साउँदले अभिनय गर्नुभएको छ । बि स्टार फिल्मस कम्पनीले तयार पारेको म्युजिक भिडियोको छाँयांकन प्रकाश खड्का र मिलन बिकको सम्पादन रहेको छ ।

सूर्यबिरही साउँद,तिलक ओली र योगेश बुढाको रचना रहेको यस गीतको संगीत सूर्यबिरही साउँदको रहेको छ । संगीत संयोजन बिनोद बाजुरालीले गरेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।