एमाले र माओवादी केन्द्रका अध्यक्षबीच तीन घण्टा वार्ता, पार्टी एकता संयोजन समितिको वैठक भोलि, सरकार गठनको गृहकार्य तीब्र बनाइने

प्राइम टाइम न्यूज

राष्ट्रियसभाको निर्वाचन प्रक्रिया सम्पन्न भएसंगै अब प्रतिनिधिसभा र नयाँ सरकार गठनका औपचारिक प्रक्रियाहरु आरम्भ हुन थालेका छन् । नयाँ सरकारको गठनका लागि बाम गठबन्धन आतुर मात्र नभई उसंग आवश्यक र प्रष्ट वहुमत पनि छ । सरकार गठन मात्र नभई बाम गठबन्धनमा आबद्ध नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको हतारो पनि उत्तिकै छ । सरकार गठन र पार्टी एकतासंगसंगै गर्ने तयारीमा रहेपनि यी दुई दलबीच एकताको खाका अझै तयार हुन सकेको छैन् । एकताको प्रयासमा दुई दलका शीर्ष नेताहरुदेखि कार्यकर्तासम्मले सक्रियता देखाएपनि रफ्तार भने देखिएको छैन् । अनुमान, आशंका र हल्ला नेपाली समाजमा मात्र नभई राजनीतिक क्षेत्रमा उत्तिकै हुने गर्छन । अहिले यी दुई दलबीचको एकता पनि त्यही अनुमान, आशंका र हल्लाभित्र कैद छ । यस्ले औपचारिक टुंगो नलिएसम्म यी हल्लाहरुले बजारमा झनै बजार बनाउने भने निश्चित छ ।

प्राइम टाइम न्यूजका हेड्लाईन्स्

१. एमाले र माओवादी केन्द्रका अध्यक्षबीच विना सहयोगी तीन घण्टा वार्ता, पार्टी एकता संयोजन समितिको वैठक भोलि, सरकार गठनको गृहकार्य तीब्र बनाइने ।

२. उपभोक्तामाथि ब्रम्हलुट मच्चाउने फोर्ड गाडीको नेपालको लागि आधिकारिक विक्रेता जीओ अटोमोबाइल्सलाई अझै उन्मुक्ति, कारवाहीबाट वचाउन उच्च सरकारी अधिकारी नै सक्रिय ।

३. महाविनाशकारी भूकम्पको साढे दुई बर्ष वितिसक्दा पनि पर्वतमा पुनर्निर्माणको कामले गति लिन सकेन्, सरकारी ढिलासुस्ती र झण्झटिलो नीति नै बिलम्बको कारक ।

४. भारतीय मालबाहक सवारीले गर्ने गरेको नेपाल भित्रको ढुवानी रोक्का, नेपाली मालवाहक गाडीलाई खाली राखेर भारतीय मालवाहक गाडीलाई पोष्ने खेल रोकिनु पर्ने ।

५. राष्ट्रियसभा सदस्यको निर्वाचन भएसंगैं प्रतिनिधिसभालाई पूर्णता दिने प्रक्रिया सुरु , ढिलोमा फागुन २ गतेसम्म प्रतिनिधिसभाको अन्तिम परिणाम सार्वजनिक गरिने ।

६. खेलकुदको पूर्वाधार बनाउन बर्दियामा सामुदायिक वनको खयरको रुख धमाधम कटान, विना स्वीकृति कटान गरिएको भन्दै स्थानीयवासी उत्रिए विरोधमा ।

७. विष्णु गुरुङको निर्णायक गोलसँगै चार पटकको विजेता थ्रीस्टार बुढासुब्बा गोल्डकपको फाइनलमा, आहारारा फाइनलको पुनरावृति हुँदा उपाधिका लागि पुनः पुलिससंग भिड्ने ।

८. र, भ्रष्टाचार गरेको अभियोगमा बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियालाई ५ बर्षको जेल सजाय सुनाइयो, अदालतको निर्णयविरुद्ध जियाका हजारौ समर्थकहरु सडकमा उत्रिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖