मागी विवाह गरी घर भित्रन ठिक्क परेकी बेहुलीले बच्चा पाएपछि…

सिरहा, माघ २७ । सिरहाको सुखीपुर नगरपालिका–४, पोखरीयामा बेहुली भित्रिनै नपाई बच्चा जन्मेपछि बेहुलीलाई माइत फर्काइएको छ ।

राजकुमार मोचीका छोरा २२ वर्षीय उमेशकुमार रामले सिरहाकै तेनुवापटी शिवनगरका बलिराम मोचीकी छोरीसँग मागी विवाह गरी शुक्रबार घर भित्र्याउने क्रममा चुवाउन ९टिकोटालो० गरिरहेको बेला बेहुलीले बच्चा जन्माएको स्थानीय फुलगेन सिंहले जानकारी दिनुभयो ।

घर भित्र्याउने बेला बच्चा जन्मेपछि लोकन्ती आएका बेहुलीका काका र भाइको जिम्मा लगाएर माइतीघर पठाई दिएको छ, बेहुलाका आफन्तले जनाएको छ ।रोजगारीको क्रममा भारतको दिल्ली बस्दै आएका उमेशले ३ महिना केही युवतीलाई हेरेर विवाहको कुरा टुङ्याएको जनाउनुभयो । उहाँले भन्नुभयो, ‘म आफन्तसहित ३ महिनाअघि केटी हेर्न उनको घर गएको थिएँ, त्यतिखेर सबै ठिकै थियो, पछि कुरा टुङ्यिो र विवाह हुने बेलासम्म कसैले खबर गरेरन् । हिजो दुलही भित्र्याउने बेलामा यस्तो भयो ।’

‘उत्साहको साथ छोराको विवाह गरियो, बुहारी भित्र्याउने बेलामा यस्तो घटना भयो’, श्यामका बुवा राजकुमारले भन्नुभयो, ‘आफैले हेरेर मन पराएरै विवाह गरेको हो, अहिले आएर यस्तो घटना भयो हामी मुर्ख मान्छे दुविधामा परेका छौँ ।’

राजकुमारले भित्र्याउनै नपाई बुहारीले छोरो जन्माएपछि आफूहरु अलमलमै परेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले केही नभनी छोरी पुर्याउन आएका उनको काकासँगै लगाएर हिजै माइती पठाइदियौँ, हिजै पठाए पनि केटीको माइती पक्षबाट कुनै खबर आएको छैन ।’ जन्मेको बच्चा महिना पुगेरै जन्मिएको जस्तो देखिने स्थानीयले जनाए । – न्यूज२४ नेपाल ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।