फेरि झापाको कचनकवल गाउँपालिका सीमा मिचियो, निरन्तर मिचिएको सीमाको घाउ दुख्दा सबै मौन – भिडियो
झापा । राजनीतिक सम्बन्ध विस्तारमा कस्सिएको भारतले आफ्नो व्यवहारमा भने परिवर्तन ल्याउन सकेको छैन ।
नेपाली सीमा मिच्न उद्दत रहेको भारतले पछिल्लो पटक झापाको दक्षिणवर्ति क्षेत्रमा समेत आफ्नो नङ्ग्रा गाडेको छ । प्रधानमन्त्री कोषबाटै बजेट विनियोजन भएका कारण आफूहरुले सडक निर्माणलाई तीव्रता दिएको भारतीय पक्षले विनाहिच्किचाहट भन्ने गरेको छ ।
एकतिर दिल्ली काठमाडौंसँग राजनीतिक सम्बन्ध विस्तार गर्न लालायीत देखिएको छ भने अर्कोतर्फ नेपाली सीमामा विना संकोच नङ्ग्रा गाड्न उद्दत भएको तथ्यहरु एकपछि अर्को देखा पर्न थालेको छ । कञ्चनपुर पछि भारतले पूर्वी नेपालको झापाका दक्षिणी क्षेत्रमा आफ्नो हस्तक्षेप बढाएको छ ।
अन्तर्राष्ट्रिय मूल्य मान्यता विपरित कचनकवल गाउँपालिका वडा नम्बर १ को पिण्डलवारीसँग सीमा जोडिएको दशगजा क्षेत्रमा भारतले आफू खुशी सडक निर्माण थालेको हो ।
नेपाल–भारत सिमारेखा अन्तर्गत झापाको १ सय ४६ किलोमिटर भुभाग सीमारेखामा पर्छ । नापी विभागको पछिल्लो तथ्याङ्घ अनुसार झापाको सिमाना जोडिएको क्षेत्रमा १ सय ६४ हेक्टर भुमी अतिक्रमण भएको छ । हेर्नुहोस् पावरन्यूज भिडियो
https://youtu.be/hKekZ0dtEKU


