२ करोड ५० लाख भन्दा बढी पैसा लिएर एक महिला फरार !

बुटवल, माघ २८ । बुटवलमा बस्दै आएकी १ महिलाले छिमेकिहरुसँग बाट करोडौं पैसा लिएर फरार भएकी छन् ।

बुटवल उपमहानगरपालिका ७ शिवनगरमा बस्दै आएकि गंगा गुरूङले सोही ठाउँका स्थानीय हरुबाट २ करोड ५० लाख भन्दा बढी पैसा लिएर गत शुक्रबार रातीदेखी श्रिमान र १ छोरासहित भएकी हुन । केहि समय अघिदेखि छिमेकिहरु बाट विभिन्न समस्या पर्यो भन्दै रकम उठाएर फरार भएको स्थानीयले बताएका छन् ।

उनले २/३ महिनामा रकम फिर्ता गर्ने भन्दै रकम उठाउदै आएकी थिइन । १/२ पटक दिएको पैसा फिर्ता गरेकाले बिश्वास गरि फेरी पनि पैसा दिएको पिडितहरुले बताएका छन् ।

दुःख गरि कमाएको पैसा छिमेकी हो भनेर बिश्वास गरि उनलाई दिएको पिडितहरुले बताए पैसा लिएकी गुरूङ बेपत्ता भएको थाहा पाउना साथ धेरैको आँखा रसायो, पिडित भन्छन् यसरी पैसा लियर फरार होलिन भनेर कहिल्यै सोचेका थिएनौ ।

आफुले चलाउदै आएको मोबाइल फोन अफ गरेको, श्रिमान र छोरा पनि घरमा नभएको र कोहि कसैसंग केही नभनी एकाएक वेपत्ता भएपछि पैसा सापटी दिएका छिमेकिहरू ठगिएको उनिहरुले महशुस गरेका हुन् ।

स्थानीयले गंगा गुरुङ फरार भएको थाहा पाएपछि वडा प्रहरी कार्यलय रामनगरमा उजुरी दर्ता गराएका छन् । – नयाँ खोजबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।