धनकुटाको सागुरीगढीमा सुविधा सम्पन्न स्वास्थ्य चौकी निर्माण गरिने
धनकुटा खबर । धनकुटाको सागुरीगढी ९ मा सुविधा सम्पन्न स्वास्थ्य चौकी निर्माण गरिने भएको छ ।

धनकुटाको भेडेटार स्थित ऐतिहाँसिक साँगुरी गढी । यो धनकुटाको एक पर्यटन गन्तब्य हो । (फाईल फोटो)
जसअनुसार अहिले स्वास्थ्यचौकी भवनको जग खन्ने कार्य सम्पन्न भईसकेको सकेको छ । स्वास्थ्य मन्त्रालयको १ करोड २० लाख लागतमा २ वर्ष भित्र २१ कोठे स्वास्थ्य चौकी भवन निर्माण गरिन लागेको आहाले स्वास्थ्य चौकी ईञ्चार्ज रुपेश पण्डितले वताउनुभयो ।
भवन वनिएपछि सामान्य अप्रेसन सेवा समेत त्यही सञ्चालन गरिने उहाले वताउनुभयो । सुविधासम्पन्न स्वास्थ्य चौकी भवन वन्नेभएपछि त्यस क्षेत्रका स्थानीय खुशी भएका छन् ।


