‘पार्टी एकता गोठालाले काँध मिलाए जस्तो होइन’- माओवादीमाथि ईश्वर पोखरेलको यस्तो काउन्टर…

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माओवादी केन्द्रसंगको पार्टी एकता सहज नभएको बताएका छन् । माओवादी केन्द्रले नयाँ सरकार गठन हुनुअघि नै पार्टी एकता गर्नुपर्ने अडान राख्दै आएको बेला उनले तत्काल एकता हुन नसक्ने बताएका हुन् ।

सोमवार(आज) नेपाल निर्माण उद्योग परिषद्को तेस्रो राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै महासचिव पोखरेलले माओवादीसंग कयौं बिषयमा कुरा मिल्न बाँकी रहेकाले पार्टी एकता भन्दा पहिला संगठनात्मक, बैचारिक र सिद्धान्त मिल्नु पर्ने बताए ।

उनलेृ पद बाँडफाँड गरेर मिल्नु पार्टी एकता नभएको भन्दै मिल्नका लागि बिचारमा एकता हुनुपर्ने बताए । ‘एउटाले अध्यक्ष र एउटाले प्रधानमन्त्री लिएर मिल्नु नि भन्ने कुराका बान्की सुनिन्छ’ पोखरेलले भने, ‘मिल्नका लागि बिचारमा एकता हुनुपर्यो नि, गाइबस्तु हेर्न गएका गोठालाले काँध मिलाए जस्तो हो र पार्टी एकता ?’

नेता ोिखरेलले संगठनीक आधारमा एमाले र माओवादीबीच धेरै फरक रहेको भन्दै उनले मिल्नका लागि समान आधार चाहिने बताए । ‘माओवादीको ४ हजार सदस्यको केन्द्रीय समिति छ, एमालेको २ सयको, दुवै पार्टीका माथिदेखि तलसम्म मिलाउनु पर्यो’ पोखरेलले भने, ‘एमाले पार्टी माओवादी जस्तो भुलुक्क आएको पार्टी होइन, एउटा डालोको चामल अर्कोमा खनाइने जस्तो होइन होला ।’

पोखरेलले संविधान र संसदको तालिका अनुसार सरकार गठन हुने भन्दै पार्टी एकताका लागि समय लाग्ने बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।