केन्या विरुद्ध नेपालको रोमाञ्चक जीत
काठमाडौँ, २९ माघ । नामिवियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुई अन्तर्गत आज भएको खेलमा नेपालले केन्याविरुद्ध ३ विकेटको रोमाञ्चक जित निकालेको छ ।

केन्याले दिएको १७८ रनको चुनौती नेपालले ओभरमा ६ विकेट खर्चेर पुरा गर्यो । निकै रोमाञ्चक बनेको खेलमा नेपालले १ बल बाँकी हुँदा लक्ष्य भेट्टायो ।


