सन्दीप जसले एक्लै झारे केन्याका पाँच विकेट !

काठमाडौँ । इन्डियन प्रिमियर लिगको टोली दिल्ली डेयर डेभिल्सले किनेसँगै चर्चाचाको शिखरमा रहेका नेपालका युवा स्पिनर सन्दीप लामिछानेले केन्याविरुद्ध सोमबार भएको खेलमा आफ्नो स्पिनको जादु पुनः देखाएका छन् ।

आईसीसी विश्व क्रिकेट डिभिजन २ अन्तरत नेपालको चौथो खेलमा केन्या सन्दीपले स्पिनको जादुलाई कायमै राखेका हुन् । केन्याले १७८ रनको चुनौती दिएको खेलमा टस जितेर पहिले फिल्डिङमा उत्रेको नेपालका लागि सन्दीपले नै पहिलो र अन्तिम अर्थात् आठौँ विकेट पनि लिए ।

सुरुवातमा नेपाललाई दबाबमा राख्दै रन बटुलिरहेको केन्याविरुद्ध सन्दीप बलिङमा उत्रिँदै स्पिनको जादुसहित प्रभावशाली खेल पस्किए । नेपालका १७ वर्षीय स्पिनर सन्दीपले उत्कृष्ट ब्याटिङ गरिरहेका ओबान्डालाई १६.६ ओभरमा पेभेलियनको बाटो देखाए । ४६ बलमा ४१ रन बनाएको अवस्थामा सन्दीपले ओबान्डालाई आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।

त्यसैगरी सन्दीपले खेल १८.४ ओभरमा पुगेको अवस्थामा डिएम गोन्डारियालाई पनि पेभेलियनको बाटो देखाए । उनले ५ बलमा ४ रन बनाएको अवस्थामा गोन्डारियालाई आउट गर्न सफल भए ।

सन्दीपले ३३.१ र २ ओभरमा केन्याका लगातार दुई विकेट झार्न सफल भएका छन् । उनले ३३ ओभरमा पहिलो बलिङ गर्दै पाँचौ क्रममा आएका केन्याका कप्तान आरआर पटेललाई कप्तान पारस खड्कामार्फत क्याच आउट गराउन सफल भए ।

त्यसैगरी दोस्रो बलमा पनि उनले छैटौँ क्रममा क्रिजमा आएका आरएन पटेललाई एलबीडब्लु धरापमा पार्दै शून्य रनमा पेभेलियन फर्काइदिए । केन्याले पुरै ५ ओभर खेलेको अवस्थामा नेपालका लागि अन्तिम अर्थात् आठौँ विकेटका रुपमा सन्दीपले नै एनएन ओढियाम्बोलाई पेभेलियनको बाटो देखाइदिए । नेपालका लागि अन्य एक-एक विकेट वसन्त रेग्मी, शरद भेशवाकर र सोमपाल कामीको नाममा रह्यो ।

यसअघि उनले संयुक्त अरब इमिरेट्सविरुद्धको खेलमा नेपालका लागि ५ ओभर बलिङ गर्दै १ मेडनसहित २५ रन खर्चेर ३ विकेट लिन सफल भए । सन्दीपले नेपालका लागि ५ ओभर बलिङ गर्दै १ मेडनसहित २५ रन खर्चेर ३ विकेट लिए । उनले खेलको १८औं ओभरमा लगातार २ विकेट लिएका थिए ।

नेपालले ओमानसँगको खेलमा पराजित हुँदा पनि युवा स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिएका थिए । त्यसैगरी सोमपाल कामी र वसन्त रेग्मीले एक-एक विकेट लिएका थिए।

त्यसैगरी नामिबियाविरुद्ध विजयी भएको पहिलो खेलमा पनि सन्दीपले ४ विकेट लिएका थिए । त्यो खेलमा सोमपाल कामीले ३, बसन्त रेग्मी, पारस खड्का र शरद भेषावकर एकएक विकेट लिएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।