यी हुन आफ्नो घर जग्गासहित करिब ३ करोड बराबरको सामग्री पुस्तकालयलाई हस्तान्तरण गर्ने ७९ बर्षिय टीकाप्रसाद, भन्छन,- रोगी र बृद्द भैसके अब यस्लाई कस्ले सम्हाल्ला ? (भिडियो सहित)
धनकुटा खबर । सार्वजनिक पुस्तकालय निर्माणका लागि धनकुटाका साहित्यकार टीकाप्रसाद लामिछानेले करोडौ रुपैयाँ खर्च गरेका छन् ।
२०६८ सालबाट आफ्नै घरमा पुस्तकालय निर्माण सुरु गरेका ७९ बर्षिय लामिछानेले आफ्नो दुई तले घर जग्गासहित करिब ३ करोड रुपैयाँ बराबरको सामग्री पुस्तकालयलाई हस्तान्तरण गरेका हुन ।
बाल, युवा र पौढ विभाग गरी तीन भागमा छुट्याइएको सो पुस्तकालयमा विभिन्न धार्मिक ग्रन्थ, जानकारीमूलक तथा मनोरन्जन क्षेत्रका गरी ३० हजार भन्दा बढी पुस्तक संग्रह गरिएको छ ।
भारतीय दूतावाससहित विभिन्न संघसंस्थाको सहयोगमा पुस्तक संग्रह गरिएको हो । तर आर्थिक अभावका कारण पुस्तकालय संचालनमा भने समस्यामा भएको सस्थापक लामिछानेले बताउनुभयो ।
धन साहित्य क्षेत्रमा रुची राख्ने लामिछानेका विभिन्न विधाका दुइ दर्जन कृति प्रकाशित छन् ।


