नेपाललाई आज क्यानाडामाथि जित निकाल्नै पर्ने दबाब

काठमाडौँ, २ फागुन । सन् २०१९ मा इङ्ल्याण्डमा हुने विश्वकप क्रिकेटको छनोट खेल खेल्नका लागि नेपाललाई आज क्यानाडामाथि जित निकाल्नै पर्ने दबाब परेको छ ।

आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र क्यानाडाबीच आज दिउँसो प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार दिउँसो १ः१५ बजे नामिबियास्थित वान्डरर्स स्टेडियममा शुरु हुनेछ ।

पहिलो खेलमा नामिबियामाथि रोमाञ्चक जित निकालेको नेपालले दोस्रो खेलमा ओमानसँग हार व्यहोरेको थियो । अन्तिम चरणको खेल बाँकी हुँदा क्यानाडा, नामिबिया र नेपालको समान ६ अंक छ । तर रनरेटमा पछि रहेको नेपाल तेस्रो स्थानमा झरेको छ ।

बुधबार अन्तिम दिन हुने खेलले विश्वकप छनोटमा पुग्ने दुई टोलीको टुंगो लाग्नेछ । नेपालले बुधबार शीर्ष स्थानको क्यानाडासँग खेल्दैछ भने नामिबियाले चौथो स्थानको युएइसँग खेल्नेछ । अब नेपालले शीर्ष दुईमा स्थान बनाउँदै वान डे वल्र्डकप क्वालिफायरमा स्थान बनाउन क्यानाडालाई हराउनै पर्नेछ । हराउन असफल भएमा नेपालको यात्रा डिभिजन टु मै यथावत् रहने सम्भावना बढी हुन्छ ।

डिभिजन टु को शीर्ष दुई स्थानमा रहने टोली वल्र्डकप क्वालिफायरमा छनोट हुनेछन् भने तेस्रो र चौथो स्थानमा रहने टोली डिभिजन टु मै यथावत् रहनेछन् । अहिलेसम्म एक खेल पनि जित्न नसकेको केन्या डिभिजन टुबाट थ्री मा घटुवा भइसकेको छ । नेपालले समूह चरणको अन्तिम खेलमा आज शीर्ष स्थानमा रहेको क्यानाडाको सामना गर्नेछ ।

पहिलो खेलमा नामिबियामाथि रोमाञ्चक जित निकालेको नेपालले दोस्रो खेलमा ओमानसँग हार व्यहोरेको थियो भने तेस्रो खेलमा सोमबार युएईलाई हराएको थियो ।

आज नेपालले क्यानाडासँग खेल्दा घरेलु टोली नामिबियाले युएइको सामना गर्नेछ । यदि नेपालले जित्यो भने सोझै फाइनलसँगै विश्वकप छनोटमा स्थान पक्का गर्नेछ ।

गत असोजमा नेपाल डिभिजन वानबाट डिभिजन टु मा घटुवा भएको थियो ।

अहिलेसम्मको अंक तालिका यसप्रकार छः

देश म्याच जित हार बराबरी अंक रनरेट
क्यानाडा ४ ३ १ ० ६ १.११६
नामिबिया ४ ३ १ ० ६ ०.७८७
नेपाल ४ ३ १ ० ६ –०.१५८
युएइ ४ २ २ ० ४ १.२२१
ओमान ४ १ ३ ० २ –०.६२९
केन्या ४ ० ४ ० ० –२.१९८

नेपालको विश्वकप खेल्ने सम्भावना कति

सन् २०१९ को विश्वकप क्रिकेटमा १० देश मात्र सहभागी हुनेहुँदा नेपाल पनि सहभागी हुने सम्भावना निकै झिनो छ । तर झिनै भए पनि कुनै अभूतपूर्व नतिजाले नेपाललाई विश्वकपमा पु¥याउन सक्छ ।

विश्वकपमा पुग्नका लागि सबैभन्दा पहिलो खुड्किलोका रुपमा रहेको विश्व क्रिकेट लिग च्याम्पियनशीपको शीर्ष चारमा स्थान बनाउन नसक्दा गत असोजमा नेपाल डिभिजन टुमा घटुवा भएको थियो ।

विश्व क्रिकेट लिग च्याम्पियनशीपको शीर्ष चारमा रहन नसकी डिभिजन टुमा झरे पनि नेपालको सम्भावना समाप्त भने भएको छैन । किनकी दोस्रो डिभिजनको लिगमा शीर्ष दुईमा रहने टोलीले पनि छनोट प्रतियोगितामा सहभागी हुन पाउनेछन् । आज सोही दुई टोलीको छिनोफानो नामिबियामा हुँदैछ ।

पारस खड्काको कप्तानीमा रहेको नेपाली टोलीमा उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, ललित भण्डारी, वसन्त रेग्मी, सोमपाल कामी, शक्ति गौचन, अनिलकुमार साह, मोहमद अरिफ, रोहितकुमार पौडेल, करण केसी, सन्दिप लामिछाने, दीपेन्द्रसिंह ऐर र दिलिप नाथ छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।