नेपालले टस जितेर क्यानडाविरुद्ध बलिङ गर्दै – प्रत्यक्षप्रसारण भिडियो सहित

काठमाडौँ, २ फागुन । आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईअन्तर्गतको समूह चरणको अन्तिम खेलमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ ।

नामिबियाको विन्डोहक मैदानमा अहिले भइरहेको खेलमा सन् २०१९ मा इङ्ल्याण्डमा हुने विश्वकप क्रिकेटको छनोट खेल खेल्नका लागि नेपाललाई आज क्यानाडामाथि जित निकाल्नै पर्ने दबाब परेको छ ।

आज हुने खेलले विश्वकप छनोटमा पुग्ने दुई टोलीको टुंगोसमेत लाग्नेछ । अब नेपालले शीर्ष दुईमा स्थान बनाउँदै एक दिवसीय विश्वकप छनोटमा स्थान बनाउन क्यानडालाई हराउनै पर्नेछ । हराउन असफल भएमा नेपालको यात्रा डिभिजन दुईमै यथावत रहने सम्भावना बढी हुन्छ ।

डिभिजन दुईको शीर्ष दुई स्थानमा रहने टोली विश्वकप छनोट प्रतियोगिताको लागि छनोट हुनेछन् भने तेस्रो र चौथो स्थानमा रहने टोली डिभिजन दुईमै यथावत रहनेछन् । अहिलेसम्म एक खेल पनि जित्न नसकेको केन्या डिभिजन दुईंबाट तीनमा घटुवा भइसकेको छ । रासस

https://youtu.be/ldh1n-ZBHXc



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।