टस जितेर फिल्डिङ रोजेको नेपाललाई पहिलो सफलता, लियो क्यानडाको पहिलो विकेट
काठमाडौं, फागुन २ । डिभिजन टू अन्तरगतको क्यानडाविरुद्धको खेलमा टस जितेर फिल्डिङ रोजेको नेपाललाई पहिलो सफलता प्राप्त भएको छ ।
क्यानडाको पहिलो विकेटका रुपमा वसन्त रेग्मीको बलमा रोहित पौडेलले आर गुनासेकरालाई क्याचआउट गरेका हुन् । उनी २४ बलमा ९ रन बनाउँदै आउट भएका हुन् ।
नेपाल क्यानडलाई हराउनै पर्ने दवावका साथ मैदानमा उत्रिएको हो । १२ ओभरको समाप्तिमा क्यानडाले १ विकेट गुमाई ५१ रन बनाएको छ ।
क्यानडाले यही रफ्तारमा ब्याटिङ गरेमा २५० रन भन्दा माथिको विजयी लक्ष्य नेपालले पाउनेछ । त्यसैले नेपालले कसिलो बलिङ गर्नुका साथै क्यानडाको केही विकेट लिनु आवश्यक रहेको छ ।
नेपाल आइसिसी विश्व क्रिकेट लिग डिभिजन टूको अंक तालिकाको तेश्रो स्थानमा रहेकाले शीर्ष दुईमा रहन नेपाललाई जित्नै पर्ने दवाव छ । मंगलबारको खेलमा केन्यालाई ८ विकेटले हराउँदै नामिबिया दोश्रो स्थानमा उक्लिएपछि नेपाल तेश्रोमा झरेको हो ।
समान ४ खेल खेल्दै समान ६ अंक बटुले पनि रनरेटका आधारमा क्यानडा पहिलो, नामिबिया दोश्रो र नेपाल तेश्रो स्थानमा छ । अब नेपालले क्यानडासँग तथा नामिबियाले युएईसँग खेल्न बाँकी छ ।
नेपाल र क्यानडामध्ये एक टोली र नामिबिया र युएईमध्ये एक टोलीले विश्वकप छनौट खेल्न पाउने छन् । केन्याले र ओमानसँग खेल्न बाँकी छ । केन्या तेश्रो डिभिजनमा झरिसकेको छ ।
शीर्ष दुई टोलीले आउँदो महिना हुने विश्वकप क्रिकेटको छनौट खेल्न पाउने भएकाले नेपालले बुधबार हुने खेलमा क्यानडालाई हराउनै पर्ने दवाव बढेको छ । बुधबारको खेल जित्न नसके नेपाल डिभिजन टूमै रहने छ । नामिबिया, युएई र केन्यालाई हराएको नेपालले ओमानसँगको खेल ६ विकेटले हारेको थियो । उज्ज्यालो


