सन्दीप लामिछानेले लिए क्यानडाको तेस्रो विकेट

काठमाडौं, फागुन २ । डिभिजन टू अन्तरगतको क्यानडाविरुद्धको खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालले तेस्रो विकेट लिएको छ ।

प्रतियोगितामा सर्वाधिक विकेट लिएका सन्दीप लामिछानेले क्यानडाको तेस्रो विकेट लिएका हुन् । उनले डिएन पथिरानालाई दुई रनमै पेभेलियन फकाईएदिएका हुन् ।

यसअघि सन्दीपले क्यानडाका नितिश कुमारलाई ५ रनमै आउट गरेका थिए । उनलाई सन्दीपको बलमा ज्ञानेन्द्र मल्लले क्याचआउट गरेका हुन् । सन्दीपले यो प्रतियोगितामा नै उत्कृष्ट बलिङ गरेका छन् । आजको खेलमा नेपालको सन्दीपमाथि ठूलो आशा रहेको छ । सदीपले ५ ओभर बलिङ गर्दै २ विकेट लिँदै मात्र ७ रन खर्चेका छन् ।

त्यस्तै, क्यानडाको पहिलो विकेटका रुपमा वसन्त रेग्मीको बलमा रोहित पौडेलले आर गुनासेकरालाई क्याचआउट गरेका हुन् । उनी २४ बलमा ९ रन बनाउँदै आउट भएका हुन् ।

नेपाल क्यानडलाई हराउनै पर्ने दवावका साथ मैदानमा उत्रिएको हो । १९ ओभरको समाप्तिमा क्यानडाले ३ विकेट गुमाई ६९ रन बनाएको छ ।

नेपाल आइसिसी विश्व क्रिकेट लिग डिभिजन टूको अंक तालिकाको तेश्रो स्थानमा रहेकाले शीर्ष दुईमा रहन नेपाललाई जित्नै पर्ने दवाव छ । मंगलबारको खेलमा केन्यालाई ८ विकेटले हराउँदै नामिबिया दोश्रो स्थानमा उक्लिएपछि नेपाल तेश्रोमा झरेको हो ।

समान ४ खेल खेल्दै समान ६ अंक बटुले पनि रनरेटका आधारमा क्यानडा पहिलो, नामिबिया दोश्रो र नेपाल तेश्रो स्थानमा छ । अब नेपालले क्यानडासँग तथा नामिबियाले युएईसँग खेल्न बाँकी छ ।

नेपाल र क्यानडामध्ये एक टोली र नामिबिया र युएईमध्ये एक टोलीले विश्वकप छनौट खेल्न पाउने छन् । केन्याले र ओमानसँग खेल्न बाँकी छ । केन्या तेश्रो डिभिजनमा झरिसकेको छ ।

शीर्ष दुई टोलीले आउँदो महिना हुने विश्वकप क्रिकेटको छनौट खेल्न पाउने भएकाले नेपालले बुधबार हुने खेलमा क्यानडालाई हराउनै पर्ने दवाव बढेको छ । बुधबारको खेल जित्न नसके नेपाल डिभिजन टूमै रहने छ । नामिबिया, युएई र केन्यालाई हराएको नेपालले ओमानसँगको खेल ६ विकेटले हारेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।