सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका माओवादीका पूर्वलडाकू बालकृष्ण ढुंगेलले प्रचण्डलाई पठाए यस्तो सन्देश,- ‘म हत्यारा भए तपाइँ महाहत्यारा’

काठमाडौं । माओवादीले जनयुद्ध सुरु गरेका ठीक २३ वर्ष पुग्दाका दिन जनयुद्धका एक योद्धाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आक्रोश युक्त सन्देश पठाएका छन् । काठमाडौको डिल्लीबजारस्थित सदरखोर कारागारमा सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका माओवादीका पूर्वलडाकू बालकृष्ण ढुंगेलले अध्यक्ष प्रचण्डलाई यस्तो सन्देश पठाएका हुन् ।

ढुंगेलले आक्रोश व्यक्त गर्दै भनेका छन्, ‘जनयुद्धका सुप्रिम कमाण्डर मलाई जवाफ दिनुहोस्, के साँच्चै यो बालकृष्ण हत्यारा नै हो ? ज्यानमारा नै हो ? हो भने तपाई चाहीँ के हो ? महाहत्यार ? महाज्यानमारा ? यदी होइन भने तपाईंको आदेशको तामेली गर्ने म कसरी हत्यारा ? अनि तपाईं कसरी गणतन्त्रको नायक ?’

नयाँ शक्ति नेपालका नेता गणेश श्रेष्ठले आफ्नो फेसबुकमा मार्फत ढुंगेलको भनाइ उद्धृद गर्दै उक्त कुराको जानकारी दिएका हुन् । ढंगेलसँगै अनिल शाह पनि जनयुद्धकालिन मुद्दामा जेल जीवन बिताइरहेका छन् ।

ढुंगलको स्वास्थ्य अवस्था बिग्रिदैँ गएको पनि नेता श्रेष्ठले आफ्नो फेसबुक स्ट्याट्समा उल्लेख गरेका छन् । तर २३ औँ जनयुद्ध दिवसको अवसरमा माओवादी नेताहरुले अलगअलग शुभकामना दिँदै जनयुद्धको बाँकी कार्यभार पूरा गरेरै छाड्ने दाबी गरेका छन् । आमूल परिवर्तनका लागि २०५२ फागुन १ गते नेकपा माओवादी जनयुद्धमा होमिएको थियो ।

१० वर्ष चलेको युद्धमा राज्य र विद्रही दुबै पक्षबाट १३ हजारभन्दा बढीले ज्यान गुमाए भने हजारौँ घाइते र अंगभंग भए । त्यस्तै, हजारौँ संख्यामा नागरिक बेपत्ता भए । माओवादी पूर्व लडाकूहरु नेपाली सेनामा समायोजन भई राष्ट्रिय सेनाको अंग पनि बनिसकेका छन् । तर, विस्तृत शान्ति सम्झौतासँगै शान्तिपूर्ण राजनीतिमा आएको वषौँ बितिसक्दा पनि नेताहरुले विगता बाचाहरु पूरा गर्न नसक्दा पार्टी कार्यकर्ताहरु निराश छन् । – नेपाल आजबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।