निरन्तर ६ चरण हात्तिपाईले रोगको औषधी खुवाइए पनि धनकुटामा नयाँ बिरामी फेला, पुनः औषधि खुवाइने – कहिले ? पढ्नुहोस्

धनकुटा खबर । लगातार ६ चरणमा हात्तिपाईले रोगको औषधी खुवाइए पनि धनकुटामा संक्रमित नयाँ बिरामीहरु फेला पर्दै गए पछि यस बर्ष फेरी हात्तिपाईले रोग विरुद्ध औषधि फागुन १२ देखि १४ खुवाइने भएको छ ।

निरन्तर ६ चरणसम्म हात्तिपाईले रोग विरुद्ध औषधि सेवन गरेका ब्यक्तिले थप औषधि खानु नपर्ने भए पनि धनकुटामा गरिएको नमुना रगत परिक्षणमा लक्ष्य अनुरुप हात्तिपाईले संक्रमितहरुको सख्या घटेको नदेखिएपछि पुनः सातौं चरणमा औषधि खुवाउन लागिएको हो ।

यस बर्ष औषधि खुवाउन लागिएका धनकुटाका एक लाख ४७ हजार ६ सय मध्ये दुइ दशमलव पाँच प्रतिशत ब्यक्तिमा हात्तिपाईले रोगको परजिवि रहेको पाइएको जिल्ला स्वास्थ कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारि दिइयो ।

आउँदो फागुन १२ देखि १४ गतेसम्म धनकुटाका तीन नगरपालिका र चारवटै गाउँपालिकाका चार सय ८० स्थानमा हात्तिपाईले रोग विरुद्धको औषधि खुवाइदैछ ।

यसका लागि दुई सय जना तालिमप्राप्त स्वास्थ्यकर्मि सहित नौ सय ३० जना स्वयमसेवक परिचालन गरिने जिल्ला स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख फडिन्द्र प्रसाद बरालले बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।