पछिल्लो समय निकै चर्चामा रहेकी गायिका पुर्णिमा लामाको नयाँ गीत ‘उस्ले मलाई – उस्को बिहे’ सार्वजनिक (भिडियो सहित )
पछिल्लो समय चर्चामा रहेकी गायिका पुर्णिमा लामाको नयाँ गीत ‘उस्ले मलाई – उस्को बिहे’को कवर भिडियो सार्वजनिक भएको छ । खास गरी अन्जु पन्तको जस्तो स्वर भएकी भनेर पछील्लो समय भाईरल भएकी गायिका पुर्णिमाको गीतहरु एकपछी अर्को बजारमा आउने क्रम जारी छ । उन्को स्वरमा बिशेषगरी सेन्टिमेन्टल भावका गीतहरु अलि बढी रुचाइएको पाइएकोमा यो गीत पनि सेन्टिमेन्टल नै रहेको छ । प्रस्तुत गीतमा राज कुमारको शब्द संगीत रहेको छ । एक्का कम्पनीले बजार ब्यबस्थापन गरेको यो गीतको अफिसिअल भिडियो चाडै बजारमा आउने जानकारी गराइएको छ ।


